फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोता राजेन्द्र पहाडीको शुभकामना

(GMT+08:00) 2016-02-02 11:09:40
यतिखेर नेपालको अति निकटको मित्रदेश जनगणतन्त्र चीनका नागरिकहरु आफ्नो मौलिक विशेषता सहितको नयाँ वर्ष अर्थात् वसन्त चाड मनाउने तरखरमा जुटेकाछन्। चिनियाँ पात्रो अनुसारको नयाँ वर्ष अर्थात् वसन्त चाडको उपलक्ष्यमा म चिनियाँ सरकार, सीआरआई नेपाली विभाग लगायत अन्य विभागका पत्रकार साथीहरु तथा अन्य चिनियाँ मित्रजनहरुमा सुख, शान्ति, बैभव, असल स्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगति उन्नतीका लागि हार्दिक मंगलमय शुभकामना अर्पण गर्न चाहान्छु।

यो नयाँ वर्ष अर्थात् वसन्त चाडले तमाम चिनियाँ जनता र सिङ्गो जनगणतन्त्र चीनको जीवनमा हर्षोल्लास र उमङ्गको वातावरण सुनिश्चित हुन सकोस् भन्ने हामी चाहान्छौं। जसरी विगतमा पनि नयाँ वर्षहरुले चिनियाँहरुमा केही न केही नयाँ काम गर्ने र आफूलाई संसारकै अब्बल तथा श्रेष्ठ देशको रुपमा स्थापित गर्ने जोश र जा"गर भरिएर आउ"थ्यो र सोही अनुसार काम गरेर चीनले आज आफूलाई दिनप्रतिदिन सफलताको उचाइमा पु¥याइरहेको छ, त्यसैगरी यसपटकको वसन्त चाडले पनि सबै वर्ग, तह र तप्कका सहृदयी चिनियाँ नागरिकहरुमा आफ्नो देश र जनताको सर्वाङ्गिण विकासका लागि कम्मर कसेर लाग्ने अभिप्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा हामी आशावादी रहेका छौं। यो नयाँ वर्ष चीनको राजनैतिक जीवनमा पनि महत्वको वर्ष हुनेछ।

हामीलाई थाहा छ कि पश्चिमी मुलुकका मानिसका लागि क्रिसमस, मुस्लिम धर्मालम्बीहरुका लागि इद र नेपालीहरुका लागि दशैं–तिहार जस्तै वसन्त चाड चिनियाँहरुका लागि एक वर्ष भरिमा आउने सबैभन्दा ठूलो चाड हो। समयको परिवर्तनका साथसाथै वसन्त चाड मनाउने विषयहरु, प्रक्रियाहरु र तरिकामा केही परिवर्तन भए पनि चिनियाँहरुको जीवन र विचारमा वसन्त चाडको स्थान अर्को कुनै चाडले लिन सक्दैन भन्ने हामीलाई लागेको छ। यस अर्थमा वसन्त चाड चिनियाँहरुको खास परिचय र सा"स्कृतिक परिचय बोकेको चाड पनि हो।

हामीलाई थाहाभएसम्म वसन्त चाड व्यापक अर्थमा चिनियाँ पात्रो अनुसार बाह्रौं महिनाको तेइस तारिखदेखि अर्को वर्षको पहिलो महिनाको पन्ध्र तारिखमा पर्ने रसबरी चाडसम्म जारी रहन्छ र त्यसको अघिपछि मोटामोटी तीन हप्ता हुन्छ। यो चाडका क्रममा नयाँ वर्षको अघिल्लो दिन अर्थात् पूरानो वर्षको अन्तिम महिना अर्थात् बाह्रौं महिनाको तीस तारिख र नयाँ वर्षको पहिलो महिनाको एक तारिखको दिउ"सो र राति सबैभन्दा भव्य एवम् धुमधाम तरिकाले वसन्त चाड मनाइन्छ र त्यसलाई यो चाडको सबैभन्दा रमाइलो अवसर मानिन्छ। यो चाडले यदि कसैका बीचमा रिस, राग र वैरभाव रहेछ भने पनि त्यो मेटाइदिएर मेलमिलाप र आपसी भाइचाराको भावना विकास गर्न सहयोग गर्दछ।

शहरमा होस् या गाउ"मा चिनियाँहरु वसन्त चाडको स्वागतका लागि विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गर्दछन्। घर, आ"गन तथा चोकको सरसफाई गर्ने, कपडाहरु धुने, मिठो भोजन खान र पाहुनालाई खुवाउनका लागि केक, मिठाइ, माछामासु, फलफूल आदि तयार गर्ने, नयाँ कपडा खरिद गर्ने आदि काम यो चाडको अवसरमा गर्ने गरिन्छ। यस अर्थमा वसन्त चाडको अर्थ पुरानो फोहोरलाई परित्याग गरी नयाँ वर्षलाई स्वागत गर्नु पनि हो। वसन्त चाडलाई नयाँ वर्षको आगमनको रुपमा पनि मनाइने हुनाले यो चाडको समयमा सबै चिनियाँ नागरिकहरु हर्षोल्लासको वातावरणमा हुन्छन्। पार्कहरुमा विभिन्न प्रकारका मेला, महोत्सवहरुको आयोजना गरिएको हुन्छ भने डिपार्टमेन्टल स्टोर्सहरुले भिन्नभिन्न प्रकारका मालसामानहरु बिक्रीका लागि राखेका हुन्छन्। सर्वत्र रमझम र झकिझकाउको माहोल बनेको हुन्छ। सबै जात, धर्म, सम्प्रदाय, भूगोल, वर्ग र क्षेत्रका नागरिकहरुले वितेको वर्षबाट पाठ सिक्दै नयाँ वर्षका लागि चुस्त दुरुस्त योजनाहरु बनाउ"छन्। के बालबालिका, के युवायुवती, के पौढ र के बृद्धबृद्धा सबैलाई नयाँ वर्ष र वसन्त चाडको खुशीयालीले उमङ्गित बनाएको हुन्छ।

मलाई थाहा भएसम्म चीनमा वसन्त चाड मनाउने विविध खालका तरिकाहरु छन्। केही स्थानहरुमा ओपेरा र चलचित्र देखाउने गरिन्छ भने केही ठाउ"हरुमा सिंह नाच, लौरी खुट्टा नाच, लोक नाच र विविधखाले मेलाहरुको आयोजना गर्ने गरिन्छ। आफ्नो घरको ढोकाका खापामा शुभकामना लेखौट र मंगलसूचक चीत्र टा"स्ने तथा रंगीचंगी बत्तिहरु झुण्डाउने चलन पनि रहेको छ। कसैकसैले भने घरमै बसी टेलिभिजन च्यानलमा आउने विविध खालका कार्यक्रमहरु हेरेर मनोरञ्जन लिने प्रचलन पनि रहेको छ। टेलिभिजन च्यानलहरुले पनि नयाँ वर्ष वा वसन्त चाड सम्बन्धी कार्यक्रमहरु प्रशारण गरिरहेका हुन्छन्। यसरी चिनियाँ नागरिकहरुले वसन्त चाड अर्थात चिनियाँ पात्रो अनुसारको नयाँ वर्षलाई भव्यताका साथ मनाउने गर्दछन्।

खासगरी वसन्त चाडको मौकामा चिनियाँ सरकारले लामो सरकारी विदा दिने हुनाले टाढा–टाढा भएका सदस्यहरु एकै ठाउ"मा जमघट हुने, मिष्ठान्न भोजन गर्ने, नयाँ लुगाफाटो लगाउने, शुभकामना आदान–प्रदान गर्ने, आगामी वर्षका लागि नयाँ–नयाँ योजना बनाउने आदि वसन्त चाडका विशेषताहरु रहेकाछन्। यसका अलवा वसन्त चाडको माध्यमबाट चिनियाँ नागरिकहरु बीचको एकताको भावलाई प्रवद्र्धन गर्न, जातीय सद्भावलाई कायम राख्न र सा"स्कृतिक उच्चता प्रदर्शन गर्न सहयोग पुग्ने गरेको हामीले महशुष गरेका छौं। हामी विश्वास गर्दछौं कि यसपटकको वसन्त चाड अर्थात् नयाँ वर्षले चिनियाँहरुका बीचको एकतालाई अझ थप उचाईमा पु¥याउन तथा चीनको सर्वाङ्गिण विकासमा निरन्तर जुटिरहनका लागि मद्दत गर्नेछ। यो नयाँ वर्षमा चीनले आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा उच्चस्तरको सफलता पाउन सकोस् भन्ने हाम्रो हार्दिक सुभेच्छा रहेको छ। यसका साथै थाइवान जल डमरुलाई शान्तिपूर्ण रुपबाट मूल भूमिमा समाहित गर्ने कुरामा पनि चीनले यसै वर्ष सफलता प्राप्त गर्न सक्ने छ भन्ने हामीलाई विश्वास लागेको छ।

हामी आशा गर्दछौं कि चिनियाँ नयाँ वर्षको आरम्भ हुन गइरहेको तथा वसन्त चाड मनाउन थालिएको यो सुखद अवसरमा सीआरआई नेपाली विभागका सबै मित्रजनहरु थप उत्साह र जा"गरका साथ नेपाली विभागको उचाई बढाउन जोडतोडले लाग्नुहुनेछ। नयाँ वर्षको साताव्यापी विदाले सबै साथीहरुमा नवीन जोश, हौषला र उत्प्रेरणा सञ्चार हुन सकोस् भन्ने भित्री हृदयदेखि नै कामना गर्न चाहान्छु।

अन्त्यमा, पुनः एकपटक चिनियाँ नयाँ वर्षको सुखद अवसरमा चिनियाँ सरकार, चिनियाँ जनता, सीआरआईको समस्त परिवार, नेपाली विभाग तथा सम्बन्धित सबैलाई सुख, शान्ति, समृद्धि, सकारात्मक चिन्तन, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु। यहा"हरुका आगामी दिनहरु अझै जाज्वल्यमान र उत्पादनशील भइरहनसकुन्। नेपाल – चीन बीचको मैत्री सम्बन्ध अमर रहोस्। धन्यवाद।

राजेन्द्र पहाडी

मैत्रीचोक, कुश्मा, पर्वत

जानकारी तथा लेखहरु