फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी.आर.आई. श्रोताक्लवहरुको राष्ट्रिय परिषद् नेपालका अध्यक्ष मान बहादुर खत्री

(GMT+08:00) 2016-02-02 11:13:42

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली विभागमा कार्यरत आदरणीय प्रमुख, उपप्रमुख, सल्लाहकार, विदेशी विज्ञ, कार्यक्रम संचालक एवं साथीहरुमा मेरो हार्दिक तथा न्यानो अभिवादन । राष्टि्रय पर्व बसन्त चाडको शुभकामना । हाम्रो अत्यन्त नजिकको छिमेकी, घनिष्ट तथा मित्रराष्ट्र चीन तथा चिनियाँ मित्रबन्धुहरुको राष्टि्रय पर्व एवं महान चाड बसन्त चाड नजिकिदै आइरहेको छ । यस वर्ष चिनियाँ भेडा वर्षलाई बिदाई गरेर भेडा वर्षलाई स्वागत गर्न लागिएको यस सुखद अवसरमा मित्रराष्ट्र चीन, चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनतामा मेरो व्यक्तिगत, सी.आर.आई. श्रोताक्लवहरुको राष्ट्रिय परिषद नेपाल एवं नेपाली श्रोताहरुको तफबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । चीनले हरेक क्षेत्रमा सफलताको शिखर चुम्दै विश्वको एकमात्र प्रमुख शक्तिशाली मुलुक बनेको कुरा विश्व सामु छर्लगं रहेको छ । विश्वको नै प्रमुख शक्तिशाली मुलुक बन्नु चिनियाँ मित्रहरुको लागि मात्र गौरवको विषय नभएर चीन प्रेमी विश्व समुदायको नै हो । भौगोलिक तथा परम्परागत सम्वन्धको हिसावले हामी नेपालीहरुको लागि पनि गौरव तथा खुशीको विषय हो । मित्रराष्ट्र चीन सबल हुदै जानु नेपालीहरुको लागि पनि खुशीको बिषय बन्दै गएको छ किनकी छिमेकी बलियो भयो भने अर्को छिमेकीले पनि बलियो भएको अनुभूति गर्दछ भन्ने नेपाली उखान रहेको छ । हरेक क्षेत्रमा शक्तिशाली बन्दै गर्इरहेको चीनबाट हामी नेपालीले हेरक क्षेत्रमा सहयोगको अनुभुति पाइरहेका छौं । जसको अनुभुति गत बैसाख ज्ञद्द, द्दण्ठद्द को महाभूकम्प पछिको उद्दार, पुर्ननिर्माण तथा सहयोग साथै हालै भारतले लगाएको नाकाबन्दीको समयमा चीनले देखाएको सुझाव, सहयोग एवं सदभावबाट हामी नेपालीले पाइसकेका छौं र पाइरहेका पनि छौं । आउँदो फेब्रअरी महिनाको पहिलो सातादेखि शुरु हुन लागेको चिनियाँ प्रमुख चाड बसन्त चाडलार्इ मनाउने विभिन्न तरिकाहरु छन । जसमध्ये ओपेरा तथा चलचित्र देखाउने, सिंह नाँच, लौरी खुट्टी नाँच, लोक नाँचको आयोजना, मेलाको आयोजना, गित गाएर भविष्यको शुभकामना दिने, घरका ढोकाको छेउछाउमा शुभसन्देशका पोष्टरहरु टाँस गर्ने गरिन्छ । यस चाडलाई गाँउ, शहर तथा बजारमा धुमधामसँग मनाउने गरिन्छ । यसै सिलसिलामा चीनमा घर फर्कने क्रम बढेर गएको छ । चिनियाँहरु विश्वको जुनसुकै कुनाकाप्चामा बसे तापनि यस चाड मनाउन घर फर्कने गर्दछन् । चिनियाँ सरकारले जनताको आवत जावतलाई प्रयाप्त मात्रामा हवाई, स्थल, रेल तथा जल यातायातको व्यवस्था गरिसकेको छ । यस वर्ष द्दण्ज्ञट को बसन्त चाडले कुशल तथा दूरदर्शी चिनियाँ नेता, हरेक क्षेत्रमा निपुर्ण चिनियाँ कम्युनिष्ट पाटी तथा मेहनती र लगनशिल जनतामा थप हौसला, जोस, जाँगर तथा उमंग ल्याओस । यस महान चाडले चीनलार्इ नयाँ खोज, अनुसन्धान एव विश्वलार्इ सहि दिशामा लैजान प्रेरणा प्रदान गरोस । विश्वमा बढ्दै गर्इरहेको अविश्वास, बेरोजगार, आर्थिक संकटलार्इ चीनले समाधान गर्ने कार्यमा सफलता प्राप्त गरोस । विश्वमा शान्तिको अभाव खटि्करहेको अवस्थामा विश्वमा शान्ति फैलार्इ विश्व बन्धुत्वको भावना जगाउन थप प्रेरणा प्रदान गरोस । नेपाल र चीनबीचको मित्रतामा कोशेढुंगा थप्दै युगौंयुगसम्म कायम रहोस । मेरो हार्दिक मंगलमय शुभकामना नेपाल-चीन मैत्री सम्वन्ध अमर रहोस धन्यवाद भवदीय,

मान बहादुर खत्री

अध्यक्ष

सी.आर.आई. श्रोताक्लवहरुको राष्ट्रिय परिषद् नेपाल

काठमाण्डौं,

नेपाल ।

जानकारी तथा लेखहरु