फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निर्मला अधिकारीबाट कामना

(GMT+08:00) 2016-03-03 09:49:34

चीनमा ठूला दुई अधिवेशन आउन लागेको कुरा सीआरआई नेपाली सेवाको वेभसाइटबाट थाहा पाएँ। सीआरआईले एउटा सर्वेक्षण पनि राखेको रहेछ। तर नेपाली सेवाको वेभसाइटमै मलाई लेख्न आएन। त्यसलाई कपि गरेर अनि आफ्नो विचार भरेर यहाँ पठाएकी छु। झन्झट नमान्नु होला।

आगामी मार्च महिनाको पहिलो साता बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको चौथो अधिवेशन र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन पैचिङ्गमा आयोजना हुँदैछन्। यी दुई अधिवेशनले यतिबेला विश्वको ध्यान खिचेका छन्। चीनमा तेर्‍हौँ पन्च वर्षीय योजना लागू भएपछि र दुई सन्तानको नीति पारित भएपछि सुरु हुने यी अधिवेशनको महत्व ठूलो छ। किनभने यी नीतिहरुले चीनलाई नयाँ चरणमा प्रवेश गराउनेछन्। साथै चीनको घोषित आर्थिक नीतिमा यी नीतिले सन् २०२०सम्ममा गरिबी निवारणमा पनि साथ दिनेछन्। त्यति मात्र होइन चीनका यी नीतिले छिमेकी मुलुक र विश्वमै प्रभाव पार्नेछन्।

म सीआरआई नेपाली सेवाकी एकजना नियमित श्रोताका हैसियतले चीनका यी दुई ठूला अधिवेशनको भव्य सफलताको कामना गर्दछु। साथै चीन र चिनियाँ जनताको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु।

निर्मला अधिकारी

जानकारी तथा लेखहरु