फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मान बहादुर खत्रीबाट कामना

(GMT+08:00) 2016-03-03 09:50:22

चिनियाँ अन्तर्राष्टि्रय रेडियो नेपाली विभागमा कार्यरत आदरणीय प्रमुख, उपप्रमुख, सल्लाहकार, भाषा विज्ञ, कार्यक्रम संचालक एवं साथीहरुमा मेरो हार्दिक तथा न्यानो अभिवादन

चीनका महत्वपुर्ण दूर्इ अधिवेशनहरुको पूर्ण सफलताको हार्दिक शुभकामना ।बिगतका वर्षहरु जस्तै चालु वर्ष द्दण्ज्ञट को मार्चको पहिलो हप्तादेखि चीनको सर्वोच्च आधिकारिक निकायहरु बाह्रौं चिनियाँ राष्टि्रय जन कांग्रेसको चौथो अधिवेशन तथा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं समितिको चौथो अधिवेशन राजधानी पैचिङमा शुरु हुदैछन् । सर्वप्रथम, म चीन, चिनियाँ कम्युनिष्ट पार्टी एवं चिनियाँ जनताको एक अत्यन्त शुभेच्छुक एवं सी.आर.आर्इ. श्रेाता क्लवहरुको र्राष्टि्रय परिषद नेपालको अध्यक्षको नाताले यी दुर्इ अधिवेशनहरुको पुर्ण सफलताको कामना गर्दछु ।यी अधिवेशनहरुमा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै विभिन्न महत्वपूर्ण योजना, रणनीति, नीति, नियम, कानून निर्माण गर्ने गरिन्छ । चीनका आन्तरिक समस्याहरु हल गर्न, बेरोजगारी समस्या कम गर्न, गरीव र धनी बीचको खाडल कम गर्न, शहर र गाँउ बीचको दुरी हटाउन, आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, परराष्ट्र क्षेत्रमा आफ्नो वर्चश्व कायम राख्न एवं आर्थिक बृद्धिदर उच्च कायम राखिरहनको लागि पनि यी अधिवेशनहरु साक्षत्कार हुने विश्वास लिएको छु । यसका साथै यी दुर्इ महाधिवेशनहरु निम्न विषयमा केन्दि्रत हुने विश्वास लिएको छु :(क) चीनले हासिल गरेको आर्थिक बृद्धदरलार्इ स्थायित्व दिन,(ख) मौलाउँदै गएको भ्रष्टाचारलार्इ नियन्त्रण गर्न,(ग) आर्थिक असमानतालार्इ घटाउन,(घ) अन्तर्राष्टि्रयस्तरको आतंकवादलार्इ निरुत्साही बनाउन,(ङ) छिमेकी एवं अन्तर्राष्टि्रय सम्वन्धलार्इ मजबुत बनाउन(च) बेरोजगारी समस्या समाधान गर्न,(छ) बिशाल जनसंख्याको लागि खाद्यान्न आपूर्ती सहज बनाउन ।विश्वको अर्थव्यवस्थामा चीनले गरेको योगदान, उच्च आर्थिक बृद्धिदर, विश्वको निर्यात व्यापारमा चीनको भूमिकालार्इ केहि महत्वपूर्ण उदाहरणको रुपमा लिन सकिन्छ । यसका साथै, चीनले विश्व रंगमञ्चमा विश्व शान्तिका लागि गरिरहेको पहल, चिनियाँ विशेषतायुक्त समाजवादको प्रभावबाट छोटो समयमै हासिल गरेको उच्चतम आर्थिक बृद्धिदर, सामाजिक तथा प्राविधिक उपलब्धिका कारण सिंगो विश्वको ध्यान चीनमा गइरहेको परिपेक्षमा यी दुर्इवटा अधिवेशनहरुले समस्त चिनियाँ जनताको लागि सूनौलो भविष्य निर्माण गर्ने र सम्पन्न चिनियाँ समाजको निर्माण गर्ने दिशामा कोशेढुंगा सावित होउन, सुचना, संचार, प्राविधिक, आर्थिक, सामाजिक, निर्माण, कुल ग्राहस्थ उत्पादन, शिक्षा क्षेत्रमा हासिल गरेको उपलब्धिका साथै कुशल नेतृत्वको अगुवार्इमा मेहनती चिनियाँ जनताको परिश्रमबाट प्राप्त उपलब्धिलार्इ अझ उचार्इमा पुर्याउँदै, समय सापेक्ष योजना, नीति तथा रणनीति तर्जुमा गर्दै सफलताको शिखर चुम्नमा यी दूर्इ महाअधिवेशसनहरु पुर्ण सफल हुनेमा म विस्वस्त रहेको छु ।

अन्तमा, नेपाल र चीन बीचको सदियौं पुरानो मैत्रीपुर्ण सम्वन्ध अझ गाढा, सुमधुर र प्रगाढ बन्न सकोस ।

धन्यवाद भवदीय,

मान बहादुर खत्री

अध्यक्ष सी.आर.आर्इ. श्रेाता क्लवहरुको र्राष्टि्रय परिषद नेपाल

काठमाडौं,

नेपाल ।

जानकारी तथा लेखहरु