फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजेन्द्र पहाडीबाट हार्दिक शुभकामना

(GMT+08:00) 2016-03-03 09:51:20

आगामी मार्च ३ तारिख, सन् २०१६ का दिन बाह्रौं चिनिया" जन राजनैतिक परामर्शदातृ सम्मेलनको चौथो अधिवेशन र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन मार्चको ५ तारिख नेपालको अत्यन्त निकटको छिमेकी राष्ट्र चीनको सुन्दर तथा चित्ताकर्षक राजधानी बेजिङमा भब्तापूर्वक सुरु हुन गइरहेको सन्दर्भमा उक्त दुईवटै सम्मेलनको सफल, सभ्य र भब्य सफलताका लागि अग्रिम रुपमा हार्दिक शुभकामना अर्पण गर्न चाहान्छु ।

यी दुई सम्मेलनहरुले चीनको तेह्रौं पञ्च वार्षिय योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, वाणिज्य बस्तुको मूल्यलाई स्थिर राख्ने तथा बढ्दै गरेको रोजगारीको समस्यालाई न्यूनीकरण गर्ने सन्दर्भमा ठोस निर्णय लिनेछन् भन्ने विश्वास गर्न सकिन्छ । खासगरी दुईवटा महत्वपूर्ण अधिवेशनले छिमेकी मुलुकसितको सम्बन्धलाई थप सुमधुर बनाउनका लागि, वातावरणको संरक्षणका लागि, शिक्षामा सुधारगर्नका लागि र आबासको मूल्यको नियन्त्रण गर्नका लागि उपयोगी नीति तथा कार्यक्रमहरु तय गर्न सक्नेछन् । यसका साथै चिनियाँ समाजमा कानून कार्यान्वयनको निष्पक्षता, खाद्य तथा औषधिको सुरक्षा, सामाजिक सुनिश्चितता, गरिब तथा धनीबीचको अन्तर कम गर्ने, भ्रष्टाचार समस्यालाई निर्मूल पार्ने र आर्थिक विकासको क्षेत्रमा छलाङ मार्नका लागि पनि यी दुई अधिवेशनहरु निर्णायक हुनेछन् भन्ने हामीलाई विश्वास लागेको छ ।

यसपटकका वार्षिक अधिवेशनहरुले चीनको राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा व्यापक प्रशासनिक सुधार योजनालाई स्वीकृत गर्नुका साथै देशले दुई दशकयता जारी आर्थिक नीतिमा व्यापक फड्को मार्ने आशा गरिएको छ, जसबाट चीनको आर्थिक बृद्धिदर सकारात्मक दिशातर्फ अगाडि बढ्ने छ । यी दुई अधिवेशनले साच्चिकै रुपमा जनवादी गणतन्त्र चीनलाई विश्वको सफलतम चिनिया" विशेषतायुक्त समाजवादी देशका रुपमा स्थापित गर्न मार्गप्रशस्त गर्नेछन् । यी दुई अधिवेशनले साच्चिकै अर्थमा चीनको आर्थिक र सामाजिक विकासको नया" युगमा प्रवेश गर्दै आम चिनियाँ जनताको प्रजातान्त्रिक अधिकारको सुरक्षा गर्न र उनीहरुलाई सामाजिक न्याय दिलाउन महत्वपूर्ण भूमिका खेल्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

पछिल्लो समयमा भ्रष्टाचारको समस्या विश्वभरी नै चर्चित समस्याको रुपमा रहेको छ । चीन पनि यो समस्याबाट मुक्त छैन । आफ्नो देशबाट कुनै पनि प्रकारको भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि भ्रष्टाचारको पूर्ण नियन्त्रण तथा सजाय दिने कार्यक्रम ल्याउनुपर्ने हुन्छ । भ्रष्टाचार नियन्त्रण प्रणालीको स्थापना गर्ने,सम्पति दर्ता व्यवस्था लागू गर्ने सर्वसाधारणको निगरानी तथा अभियोग लगाउने,भ्रष्टाचार रोक्नका लागि कानूनको कार्यान्वयन गर्ने आदि क्षेत्रमा पनि यी दुई अधिवेशनले निर्दिष्ट काम गर्नेंछन् भन्ने मलाई लागेको छ ।

चीनले "एक क्षेत्र एक मार्ग" सम्बन्धि रणनैतिक कार्यक्रम अघि सारेको छ । देशहरुका बीच आपसी हित र साझा समृद्धिको विकास गर्न अन्तर्राष्ट्रियरुपमा सहयोगात्मक प्रणाली सिर्जनागर्न र चीन र सम्बन्धित मुलुक बीचको सहयोगलाई सबल पार्ने काममा चीनको एक क्षेत्र एक मार्ग नीति सफल हुने विश्वास गर्न सकिन्छ । यसैगरी दुई सन्तानको नीति तथा वातावरण संरक्षणमा चीनले देखाएको अग्रसरता निकै नै प्रशंसनीय छन् । यसका अलवा विश्व शान्ति र विकासलाई प्रवद्र्धन गर्न चीले आगामी दिनमा थप काम गर्ने गरी निर्णय लिने कुरामा पनि आगामी अधिवेशनहरु महत्पूर्ण हुनेनै छन् ।

जानकारीमा आए अनुसार चिनियाँ कम्यूनिष्ट पार्टीको सरकार र चिनियाँ कम्युनिष्ट पार्टीले आगामी दुबै अधिवेशनका लागि आवश्यक सबै तयारीहरु पुरा गर्नुका साथै भविश्यको नयाँ चीनलाई आवश्यक पर्ने सबैखाले नीति तथा कार्यक्रमहरु सम्बन्धी गृहकार्य सम्पन्न गरिसकेको छ । वास्तवमा 'एक चीन' को मान्यतालाई अझ मजबुद र भरपर्दो बनाउँदै थाइवानलाई पनि शान्तिपूर्ण ढंगले मुख्यभूमीमा समाहित गर्नका लागि समेत यो अधिवेशनले महत्वपूर्ण निर्णय गर्नेछ भन्ने कुरामा हामीले विश्वास लिएका छौं । अन्त्यमा, महान, सम्पन्न, सुदृढ र एकिकृत चीन निर्माणका दिशामा मार्ग प्रसस्त गर्न बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको चौथो अधिवेशन र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन पूर्ण सफल रहन सकन् भन्ने सीआरआई नेपाली सेवाका सम्पूर्ण नेपाली स्रोताहरुको तर्फबाट र मेरो व्यक्तिगततर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । धन्यवाद ।

नेपाल र चीनबीचको सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्ध अझ बलियो, गाढा, सुमधुर र प्रगाढ बन्न सकोस् भन्ने हार्दिक शुभकामना, शुभकामना, शुभकामना ।

भवदीय,

राजेन्द्र पहाडी

मनिटर

सीआरआई नेपाली सेवा

कुश्मा, पर्वत

नेपाल ।

जानकारी तथा लेखहरु