फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ ब्ल्याक फ्राइडे

(GMT+08:00) 2016-11-11 15:14:47

अहिले किनमेल र छूटसँग जोडिएता पनि यस डब्बल 11 या एघार-एघारको शरूवात नितान्त सिङ्गल्स डेको रुपमा भएको थियो। सन् 1993मा नानचिङका विभिन्न यूनिभर्सिटीका विद्यार्थीहरूले अङ्क एक मानिसजस्तो देखिने भएकोले नोभेम्बर 11लाई सिङ्गल्स डेको रुपमा मनाएका थिए र तिनै विद्यार्थीहरूले नै विश्वविद्यालयपछि पनि यस चलनलाई विस्तारै समाजमा अघि बढाएका थिए भन्ने गरिन्छ।

तर हाल आएर यो सिङ्गल्स डे अर्थात् डब्बल एघार या एघार-एघारले अनलाइन किनमेल पर्वको रुपमा परिचय स्थापित गरेको छ। त्यस माथि हिजोआज मानिसहरू व्यस्तता या सुविधाका कारणले ई-शपिङ्गमा आकर्षित छन् नै र त्यसै कारण पनि डब्बल एघारले धेरैभन्दा धेरै ग्राहक आकर्षित गर्न सफल भएको हुनसक्छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु