फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रपतिको पाँच वर्षमा देशबाहिर र देशभित्रको यात्रा

(GMT+08:00) 2017-10-18 18:34:58
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आफ्नो पाँच वर्षको कार्यकालमा देशभित्र र देशबाहिर धेरै यात्राहरू गर्नुभयो। हालसालै चिनियाँ परराष्ट्र मन्त्रालयकी भाषा अनुवादक चौ यूले राष्ट्रपति सीको भ्रमणबारे सीसीटीभीको एउटा अन्तर्वार्तामा भन्नुभएको थियो- यहाँसम्म कि चीनका राष्ट्रपति सीलाई कहिलेकाहीँ त खाना खाने फूर्सत् पनि मिल्दैनथ्यो, सुक्खा विस्कुटकै भरमा पनि भ्रमण र भेटघाट गर्नुहुन्थ्यो।

कार्यकालको पाँच वर्षभित्र सीले कूल दुई दर्जन उडान गर्नुभयो। करीब २ सय दिन विदेश यात्रा र कूल ५ लाख ७० हजार किलोमिटर माइलेज यात्रा गर्नुभयो। व्रम्हाण्डका पाँचै महादेशका ५६ मुलुक, अन्तर्राष्ट्रिय संघ संगठन र क्षेत्रहरू टेक्नुभयो।झण्डै तीन दशकको अन्तरालपछि सीले २०१४ को सेप्टेम्बरमा श्रीलंकाको भ्रमण गर्नुभयो। सोही समयमा भारत र माल्दिभ्सको राजकीय भ्रमण पनि गर्नुभयो। अप्रिल २०१५ मध्यतिर पाकिस्तानको भ्रमण गर्नुभयो।

सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनपछि पार्टीको महासचिव बनेपछि सीको देश-अन्तरदेशको वेग हान्न थाल्नुभएको हो। पाँच वर्षअघि पैचिङ बाहिरको व्यापारिक सहर शनचन, क्वाङतोङ प्रान्त जो सुधार र खुलापनमा अग्रपंक्तिमा रहन्छ, को सीले भ्रमण गर्नुभयो। त्यहाँबाट फर्किएपछि पैचिङको छिमेकी प्रान्त हपेई पुगेर गरिबी निवारणका लागि भैरहेका प्रयासहरू अवलोकन गर्नुभयो।

यस भ्रमणबाट सीको शासन शैली र राष्ट्रिय पुनर्निर्माणमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीको २०२० को लक्ष्य तथा जनगणतन्त्र चीन स्थापनाको २०४९ अर्थात् शताब्दी लक्षको अवधारणाले दिमागमा चित्र बनायो। त्यसैले देशभित्रै कूल डेढ सय दिन लगाएर सीले २०१२ यता ५० वटा अनुगमन टुर पूरा गर्नुभयो।

सुधार र नवाविष्कार सीका सदावहार विचार हुन्। २०१६ मा आन्हुई प्रान्तको स्याउकाङ प्राङ्गण पुगेर १९७८ ताका १८ किसानबीच सामुदायिक जमीन प्लटिङ गर्ने गोप्य सम्झौतामा हस्ताक्षर भएको स्थल पुग्नुभयो। यहाँबाट चीनको दुर्गम क्षेत्रको सुधारको शुरूवात भएको थियो।

शाङहाईमा पाइलट फ्री ट्रेड जोन, थ्यानचिन पिनहाइ नयाँ क्षेत्र, वुहान वृहत् जायजेथा साटफेर र अरू भ्रमण गरेपछि सीले सुधारलाई गहन पार्ने एजेण्डालाई सशक्त पार्नुभयो। च्याङ्सु, शानतोङ र हुपेई प्रान्त घुमेर सीले दह्रो अन्वेषण र चुस्त पुनर्सुधारको अवधारणा ल्याए, यसबाट सुधार र स्थिरतालाई बल पुग्ने निचोड निकाल्नुभयो। 

२०१४ मा कमर्सियल एयरक्राफ्ट कर्पोरेसन पुगेर सी-९१९ मोडल विमानभित्र चढे जुन चीनले आफैँ बनाउने ठूलो विमान थियो। स्वदेशी मौलिक विमान जसरी पनि बनाइछाड्न इन्जिनियरमाथि थपिएको हौसलाको परिणामस्वरूप तीन वर्षमै चीनको यो लक्ष्य पनि पूरा भयो। त्यस्तै अनुसन्धानात्मक सँस्थाहरू, विश्वविद्यालयहरू, हाइ-टेक कम्पनी र न्यू डेभलपमेन्ट जोन्स निरीक्षण भ्रमण गर्ने क्रममा उहाँले नवाविष्कार र व्यवसायीकरणलाई परिणाममुखी बनाउन जोड बल गर्नुभयो।

गरिबी निवारणः वितेका ५ वर्षमा सीले कैयौं शक्तिहीन क्षेत्र तथा दरिद्र घरपरिवारका दैलोहरू पुग्दै जनताको कठीन जीवनशैली पनि हेर्नुभयो। लगत्तै उहाँले देशभरि श्रृंखलावद्ध गोष्ठीहरू संचालन गरेर आफूले देखेका र सुनेका कुराहरूबारे सहभागीहरूबीच छलफल चलाउनुभयो। त्यसपछि सबै तह र तप्काबाट सन् २०२० सम्म चिनियाँको जीवनस्तर उकास्ने र कम्तीमा औसत् समृद्ध समाज बनाउने अठोट गर्नुभयो।

२०१७ को फेब्रुअरीमा सी हपेई प्रान्तको आनसिन काउन्टी पुगेर अर्थ, जनघनत्व, भौगोलिक अवस्थिति र जलविज्ञानको अवस्था मूल्यांकन गर्नुभयो। गत अप्रिल १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी र राज्य परिषदको बैठकबाट त्यहाँ राष्ट्रिय तहका नयाँ क्षेत्र राख्ने घोषणा गर्नुभयो। जुनसुकै अनुगमन वा निरीक्षण टुरमा निस्केपनि सीले कुनै न कुनै योजना तथा कार्यान्वयनको मुख्य नीतिहरूका मार्गचित्र सुनाउने र सर्वसाधारणका विचारहरू ध्यान दिएर सुन्ने गर्नुहुन्थ्यो।

२ वर्षअघि जव १८औं केन्द्रिय कमिटीको पाँचौं पूर्ण बैठकका लागि दस्तावेज तयार गर्ने क्रम चलेको थियो, सीले पूर्वी, मध्य, पश्चिमी र उत्तरपूर्वी भागहरूको स्थलगत भ्रमण गरे जसबाट तेह्रौं पञ्चवर्षीय योजनाका लागि आर्थिक तथा सामाजिक विकासको रूपरेखा कोर्न वस्तुगत ज्ञान दिमागमा भरियोस्। तेह्रौं पञ्चवर्षीय योजना बनाउने क्रममा उनले १८ प्रान्तका नेताहरूसँग गोष्ठी छलफल गर्नुभयो। यसरी देश बाहिर र देशभित्र अविच्छिन्न भ्रमण गरेर सीले देशभित्र र बाहिरको वस्तुस्थिति मूल्यांकन गर्नुभयो। सोही बमोजिम अहिले उहाँले योजना नीतिहरू बनाउँदै जानुभएको छ।

जानकारी तथा लेखहरु