फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हनान प्रान्तका विकासका केही चिन्ह

(GMT+08:00) 2017-11-17 09:27:13

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको १८औं सम्मेलनबाट सी चिन फिङले नेतृत्व लिए यता चीनको आर्थिक तथा सामाजिक विकासले उल्लेखनीय उपलब्धी हासिल गरेको छ। सीपीसीको सम्मेलन यता हनानले राजनीतिक तवरबाट निकै गहन दृष्टि पनि पाएको छ। राष्ट्राध्यक्ष सी चिन फिङले दुइ दुइ पटक हनानको भ्रमण गरी श्रृंखलावद्ध निर्देशन दिनुभएको छ भने प्रधानमन्त्री ली ख छ्याङले पाँच वर्षमा ३ पटक हनान पुगेर निर्देशित गतिविधिको प्रगति विवरणको अवलोकन गर्नुभएको छ।

विगत ५ वर्ष यता हनानले खाद्यान्न उत्पादनमा उल्लेख्य प्रगति हासिल गरेको छ भने विज्ञान तथा प्रविधि आविष्कार र नयाँ उद्योगका क्षेत्रमा पनि महान उपलब्धी हासिल गरेको छ। विशेषगरी एक पेटी एक मार्ग निर्माणमा हनानले विशेष भूमिका खेलेको राष्ट्राध्यक्ष सीले पनि उल्लेख गर्ने गर्नुभएको छ।

१८औं सीपीसी सम्मेलनको अवधि सकिँदै गर्दा चीनले हासिल गरेको नयाँ विकास, नयाँ उपलब्धी, नयाँ अनुभव, सामाजिक विकासमा पाँच वर्षभित्र हासिल गरेको उपलब्धीबारे जानकारी गराउनका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, सिआरआई अनलाइनले चिनियाँ तथा विदेशी पत्रकारहरूका लागि वृहत् परिमाणका गतिविधि आयोजना गर्दै विश्वका सबैभन्दा धेरै ६१ विदेशी भाषामा प्रसारणको केन्द्रिय संचारमाध्यम सिआरआई अनलाइनले हनानको कथा प्रसार र हनानको मधुर आवाज फैलाउन पत्रकारहरूलाई जुन ९ तारिखदेखि १४ सम्म स्थलगत भ्रमण गराएको थियो। त्यहीँबाट पत्रकारहरूले थाहा पाए कि हनान वास्तवमै ऐतिहासिक, आर्थिक, विज्ञान प्रविधि, कला सँस्कृति आदिले समृद्ध प्रान्त रहेछ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु