फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डिसम्बरको तुवाँलो----अजय अलौकिक

(GMT+08:00) 2017-12-14 15:19:12

हाम्रा सहकर्मी अजय अलौकिकको हालसालै प्रकाशित 'अलौकिक चीन' पुस्तकबाट डिसम्बरको तुवाँलो शीर्षकको लेखको अंश।

---------------

डिसम्बर सात तारिख जारी गरेको रेड अलर्ट पछि पैचिङ्गले फेरि पनि डिसम्बर उन्नाइस शनिबारदेखि बाईस मङ्गलबारसम्म रेड अलर्ट जारी गर्दै स्थानियबासीलाई घरबाट बाहिर ननिस्कन आग्रहका साथै विद्यालय, निर्माण तथा बाहिरी सम्पर्कमा रहने कार्य सबै बन्द गर्नुका साथै सवारीसाधनमा पनि जोडबेजोडको नियम लगाएको थियो। रेड अलर्ट जारीसँगै सबै कन्सट्रकस्न साइट बन्द गर्ने, जोडबेजोडका आधारमा निजी सवारीसाधन चलाउने त्यसैगरी सरकारी सवारीसाधनको प्रयोग तीस प्रतिशतले घटाउने नियम कार्यान्वयन गरिन्छ।

सर्वप्रथम खतराको सङ्केतसँगै नीलो अलर्ट जारी गरिन्छ यसमा खासै रोकटोक छैन तर पहेँलोसँगै विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ। पहेँलो अलर्टमा सबै भूसम्बन्धी निर्माण कार्य तथा भवन निर्माण र भत्काउने लगायतका काम स्थगित गर्नुपर्छ त्यसैगरी सुन्तला रङ्गसँगै भारी सवारीसाधनको सञ्चालनमा रोक तथा धेरै मात्रामा प्रदुषण फैलाउने उद्योग तथा फैक्ट्री जुन सरकारले पहिचान गरेको छ ती सबैमा काम स्थगित गर्नुपर्छ या गरिन्छ। अनि जब वायु गुणस्तर सूचकाङ्कले तीन या त्यो भन्दा बढी दिनसम्म दुई सय भन्दा माथिको रेटिङ्गको अनुमान गर्दछ तब रेड अलर्ट जारी गरिन्छ।

यसै रेड अलर्टसँगै पैचिङ्गमा एयर प्युरिफायर्सको माँग बढेको छ भने खेलकुदका पोशाक, खेल सामाग्रीका साथै अलर्टको अवधिमा कण्डमको बिक्री ह्वात्तै बढेको पनि समाचार बाहिर आएका छन्। त्यसैगरी ईन्टरनेट तथा भिडियो गेमका शौखिन चिनियाँहरूमा पछिल्लो समय क्यानाडाबाट आयातित ताजा हावाले भरिएका क्यानको माँग पनि शुरु भएको छ।

तर यसरी रेड अलर्ट जारी गर्दै विद्यालय तथा विभिन्न काम र सेवा बन्द गर्नु उचित भने छैन। तर छालादेखि श्वासप्रश्वासमा नराम्रो असर पार्ने यसबाट बच्न तत्कालै सहज उपाय अरु पनि छैन। यसरी विद्यालय बन्द गरेकोमा अभिभावकहरू चिन्तित पनि बनेका छन्। स्वास्थ्यको चिन्ता त्योसँगै होडबाजी र यसै होडबाजी र विकासमा अत्याधुनिकता थपेसँगै आएको यो असन्तुलनलाई हामीले पुनःनिर्माण गर्नुपर्छ, सन्तुलमा ल्याउनुपर्छ। विनाश रोक्नका लागि नविन धारणा जस्तै स्वच्छ ऊर्जा, विजुली लगायत तथा कार्बोन उत्सर्जकको खपत कम गर्दैजानु पर्छ। साथै पैचिङ्ग या चीनका विभिन्न शहर मात्र वायु प्रदुषित होइनन् विश्वका पचपन्न वटा शहरहरू यस्तै प्रदुषित छन्।

यसै क्रममा डिसम्बर 12 शनिबार पेरिस जलवायु सम्मेलन समापनसँगै करिब 200 वटा मुलुकले कार्बोन उत्सर्जन घटाउन तथा विश्व तापमान कम्तिमा पनि दुई डिग्रीले नबढाउने या सिमित पार्ने सम्बन्धमा सहमति जनाएका छन्।

विश्वमा सबैभन्दा कार्बोन उत्सर्जन गर्ने देश चीन हो र अबको पाँच वर्षमा पचास प्रतिशतभन्दा बढी कोइला प्लान्ट घटाउने र सन् 2030 सम्ममा सम्पूर्ण कार्बोन उत्सर्जक हटाउने योजना चीनले बनाएको छ। योसँगै अलर्ट जारी गरेर चीन वायु प्रदुषणलाई लिएर पारदर्शी बनेको देखिन्छ। त्यसै गरी पैचिङ्गले सन् 2017 सम्ममा पीएम 2.5 लाई बीस प्रतिशतले घटाउने र 22सम्ममा यसै वर्ष पैचिङ्गले हिँउदे ओलम्पिक पनि आयोजना गर्दैछ, 45 प्रतिशतसम्म घटाउने बचन दिएको छ।

यसरी सन् 2013 मा स्थापित यस किसिमको प्रणाली हाल आएर एकै महिनामा दुई पटक रेड अलर्ट जारी गर्नु जनतालाई सचेत बनाउनुकासाथै सरकारको प्रदुषण न्युनिकरणमा हातेमालो गर्दै अघि बढ्नु भन्ने अर्थिन्छ।

जानकारी तथा लेखहरु