फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेवारी ध्वनिपात्र, पश्चिमा सिंगिङ बउल, चीनमा चढ्दो लोकप्रियता

(GMT+08:00) 2018-02-14 10:12:25

पश्चिमा जगतमा अघि नै प्रचलित भएको ध्वनिपात्र परम्परागत चिकित्सा, खासमा हिमालय क्षेत्र वा तिब्बतबाट उत्पत्ति भएको ठानिन्छ। ध्वनि चिकित्सा नेपालको नेवारी परम्परामा थियो। प्राचीनकालमा नेपालका नेवार समुदायले यसलार्इ अपनाए। एक पुस्ताबाट अर्को पुस्तामा सर्दै गएपनि यसको ठोस इतिहास नपाएको तुलाधर बताउँछन्।

जतिखेर मेटल एज सुरू भयो, धातुका भाँडाकुँडाको प्रचलन थालियो, त्यही बेलादेखि यसको शुरूवात भयो अर्थात् मानव सभ्यताको विकाससँगै यो प्रचलनमा आएको अनुमान गरिन्छ।

झण्डै २ हजार वर्षअघि यो उपचार पद्धति प्रचलनमा थियो। तुलाधर भन्छन्, 'हजुरबुबाले बुबा, बुबाले छोरालाई ज्ञान सारेपनि घरपरिवारबाट अन्यत्र नजाने, अरूलाई भन्न नहुने मान्यता थियो। घर घरमा वा टोल टोलमा मात्रै सीमित हुन्थ्यो तर व्यापक हुन नसकेपछि एउटा पुस्ताको अन्त्यसँगै अर्कोमा सहज हस्तान्तरण नहुँदा हराएको वा परिमार्जित भएको हुनसक्छ।'

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु