फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको छैटौँ पूर्ण बैठक सम्पन्न

(GMT+08:00) 2018-03-18 18:32:36

तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको छैटौँ पूर्ण बैठक आज मार्च १८ तारिख बिहान सम्पन्न भएको छ। तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले मतदानमार्फत ली ख छ्याङलाई चीनको राज्य परिषदका प्रधानमन्त्रीमा चयन गरेको छ। राष्ट्रिय जन काँस्रेसबाट निर्वाचित भएपछि दोस्रो कार्यकालका लागि ली खछ्याङ प्रधानमन्त्री हुनु भएको हो। त्यसैगरी राष्ट्रिय जन काँग्रेसले याङ स्याउ तुलाई चीनको राष्ट्रिय अनुगमन तथा जाँचबुझ समितिको प्रमुखको रुपमा निर्वाचित गरेको छ।

सो बैठकमा सहभागी प्रतिनिधिको संख्या २९६६ भएको छ।

राष्ट्रिय जन काँस्रेसको उक्त बैठकले मतदानमार्फत स्यू छी ल्याङ र चाङ यौ स्यालाई चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्षमा चयन गरेको छ भने चौ छ्याङलाई चीनको सर्वोच्च जन अदालतका प्रधान न्यायाधीशमा निर्वाचित गरेको छ। त्यसैगरी चाङ च्युनलाई चीनको सर्वोच्च जन न्यायाधिवक्तामा चयन गरेको छ।

पूर्ण बैठकको विभिन्न कार्यक्रम सम्पन्न भएपछि आजै ली ख छ्याङ, याङ स्याउ तुलगायत नेताहरूले संविधानसक्षम शपथ ग्रहण गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अध्यक्ष-आदेशमा हस्ताक्षर गरी ली ख छ्याङलाई जन गणतन्त्र चीनको राज्य परिषदका प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। मार्च १८ तारिख चालु चिनियाँ राष्ट्रिय जन काँस्रेसले ली खछ्याङलाई प्रधानमन्त्रीमा निर्वाचित गरेपछि राष्ट्राध्यक्ष सीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेशमा हस्ताक्षर गर्नु भएको हो।


1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु