|
|
|
|||||||||
|
||

चालू वर्ष चीनको सुधार तथा खुल्लापनको चालिसौं वार्षिकोत्सव हो। चीनले निरन्तर रुपमा सुधार तथा खुलापनलाई गहन पार्दै सारा विश्वको बहुपक्षीय व्यापारिक प्रणालीको संरक्षण गर्दै जाने अठोट देखाउनका लागि राष्ट्राध्यक्ष सी चिन फिङले चीनले सन्2018देखि अन्तर्राष्ट्रिय आयात एक्स्पोको संयोजन गर्ने घोषणा गर्नुभएको हो। यसप्रति ब्राजिलको निर्यात तथा लगानी प्रवर्द्धन व्युरोका अध्यक्ष एवम चीनका लागि ब्राजिली राजदूत च्याङ्ग पाउले हाल सीआरआइका पत्रकारलाई अन्तर्वार्ता दिँदै ब्राजिल सरकारले सकेसम्म चीनद्वारा पहिलो आयात एक्स्पो संयोजनलाई समर्थन दिएको व्यक्त गर्नुभएको छ।
सन्2018 चीनको सुधार तथा खुल्लापन कार्यमा चालीस वर्षको धुमधाम विकास देखिन्छ। अध्यक्ष च्याङ्ग पाउको विचारमा चीनको सुधार तथा खुल्लापनको पाइला झन झन बढी द्दढ हुँदै गएको छ। सुधार तथा खुलापनको नीतिबाट चीनलाई ल्याइने प्रभाव उल्लेखनीय भएको देखिन्छ। उहाँले अगाडि भन्नुभयो:सन्1978मा सुरु भएको सुधार तथा खुल्लापनले चीनका लागि महत्वपूर्ण भूमिका सिर्जना गरेको थियो। चीनले अर्थतन्त्र,व्यापार,वैज्ञानिक प्रविधि,उद्योग आदि क्षेत्रमा आधुनिकीकरणलाई व्यवहारमा उतारेको छ। चालिस वर्ष भएपछि चीन सारा विश्वको सबैभन्दा महत्वपूर्ण आर्थिक समूह र व्यापार मुलुक बनेको छ।

चीन र ब्राजिलबीचको व्यापारलाई एक उदाहरणको रुपमा लिन सकिन्छ। सन्2017मा यी दुबै पक्षबीचको दुईपक्षीय कूल आयात निर्यात रकम 74 अर्ब 81 करोड अमेरिकी डलर पुगेको छ। यसमध्ये चीनका लागि ब्राजिलको निर्यात 47 अर्ब 49 करोड अमेरिकी डलर छ भने ब्राजिलको कूल निर्यातमध्ये 21.8प्रतिशत ओगटेको छ। चीन लगातार आठ वर्षमा ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। सन्2018मा चिनियाँ व्यवसायले ब्राजिलमा लगाएको लगानी ठूलो परिमाणमा बढेको छ। अघिल्ला चार महिनामा लगानी रकम एक अर्ब चालिस करोड अमेरिकी डलर पुगेको छ। चीन अझ खुल्ला धारणाले विश्वतर्फ हिँड्दै गएको छ। यसप्रति अध्यक्ष च्याङ्गले भन्नुभयो:चीन क्रमशः ब्राजिलको सबैभन्दा महत्वपूर्ण लगानी स्रोत देश बनेको छ। विशेष गरी बिजुली र ऊर्जास्रोत आदि क्षेत्रमा चीनले झन झन बढी लगानी लगाएको छ।
हाल सारा विश्वको व्यापारिक जोखिम बढ्दै गएको छ। सारा विश्वको अर्थतन्त्रको स्थिर विकासका सामु नकारात्मक प्रभाव देखिन्छ। एकपक्षीयतावाद र व्यापार संरक्षणवाद पूर्वानुमानभन्दा गम्भीर देखिन्छ। ब्राजिलले यस प्रवृत्तिप्रति चिन्ता प्रकट गरेको छ। ब्राजिल र चीन सबै स्वतन्त्र व्यापार प्रणाली र बहुपक्षीय संयन्त्रको संरक्षणवादी मुलुक हुन्। वर्तमान व्यापारिक संघर्ष उचित रुपमा समाधान गर्नसकिने आशा ब्राजिलले गरेको छ।

गत वर्षको मे महिनामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अन्तर्राष्ट्रिय आयात एक्स्पोको संयोजन गर्ने घोषणा गर्नुभएको थियो। यसप्रति अध्यक्ष च्याङ्गका अनुसार चीनले विश्वमा आयातलाई मुख्य विषय बनाएर पहिलो एक्स्पोको संयोजन गरेबाट चीनको खुल्लापन प्रतिको अठोट देखिएको बताउनुभएको छ। निमन्त्रणा पाएको ब्राजिल पनि यस एक्स्पोमा भाग लिने राष्ट्रहरुमध्ये एकको रुपमा सम्बन्धित तयारी कार्य गरिरहेको छ। चीनको विशाल बजारमूलक संचिति शक्तिलाई उन्मूख ब्राजिलले अझ बढी श्रेष्ठ उत्पादित वस्तुलाई चीनमा भित्र्याउने आशा गरेको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||