
यस जुलाई एक तारिखदेखि चीनले कार आदि उपभोग्य वस्तुको आयात भन्सार करलाई ठूलो परिमाणमा कटौती गर्न थालेको छ। विशेषज्ञका अनुसार भन्सार कर घटाएकोबाट नागरिकलाई अझ बढी लाभ तथा फाइदा ल्याउने मात्र नभई व्यवसायको शैली परिवर्तनका लागि हितकर पनि भएको छ।
यस जुलाई एक तारिखदेखि चीनले ठूलो परिमाणमा कार आयातित कर घटाएको छ। खासै गरी 25 प्रतिशत र 20 प्रतिशतको कार भन्सार करलाई 15 प्रतिशतसम्म घटाएको छ। भन्सार कर घटाउने परिमाण 40 र 25 प्रतिशत पुगेको छ। साथै कारको पार्टपुर्जाको भन्सार कर 6 प्रतिशतसम्म घटेको छ भने भन्सार कर घटाउने औसत परिमाण 46 प्रतिशतसम्म पुगेको छ। यसप्रति व्यापारिक प्रत्याभूतिको कार उद्योगका विश्लेषक वाङ्ग ल्यु शङ्गले भन्नुभयो:पूर्ण कारको भन्सार करलाई 15 प्रतिशतसम्म घटाएकाले सारा कार उद्योगका लागि ल्याएको प्रभाव कम देखिन्छ। देशभित्र बनाइएको कार निरन्तर रुपमा बजारको नेतृत्वदायी शक्ति हो। साथै कारको पार्टपुर्जाको भन्सार कर ठूलो परिमाणमा घटाइएबाट राष्ट्रभित्र बनाइएको कारको लागत श्रेष्ठतालाई मजबुत बनाउने छ।

यसका अतिरिक्त नागरिकको विविध उपभोग मागलाई अझ राम्ररी मिलाउनका लागि चीनले ठूलो परिमाणमा केही दैनिक उपभोग्य वस्तुको आयात भन्सार कर घटाएको छ। यी उपभोग्य वस्तुमा पोशाक,जुत्ता,टोपी,खेलकुदका सामान,घरेलु इलेक्ट्रिक उपकरण आदि समेटिएका छन्। औसत भन्सार कर 20.5देखि 8प्रतिशतसम्म घटेको छ। खानेकुराको औसत भन्सार कर 15.2 देखि 6.9 प्रतिशतसम्म घटेको छ। औषधि तथा स्वास्थ्य सामानको औसत भन्सार कर 8.4 देखि 2.9 प्रतिशतसम्म घटेको देखिन्छ। विशेषज्ञका अनुसार भन्सार कर घटाउनुले केही परिमाणमा आयात लागत घटाएको छ भने जसबाट यी उत्पादित बस्तुले चिनियाँ बजारमा विकास गर्नका लागि उपयुक्त अवसर सिर्जना भएको छ। चीनको वित्तिय नीति विज्ञान प्रतिष्ठानका अध्यक्ष ल्यु शाङ्ग सिका अनुसार भन्सार कर घटाएबाट चिनियाँ व्यवसायको प्रतिस्पर्धा धारणालाई प्रेरित गर्ने छ। जसबाट अझ उत्कृष्ट मालसामानको उत्पादन गर्नसकिने छ।

सम्बन्धित तथ्याङ्कअनुसार चिनियाँ कारको उत्पादन मात्रा र बिक्री मात्रा लगातार नौ वर्षसम्म विश्वको पहिलो स्थानमा रहेको देखिन्छ। कारको बिक्री मात्रा अमेरिका,जापान,जर्मनी,बेलायत लगायत केही बजारको योगफल हो। चीनले धेरै पटक गरी आफ्नो खुल्लापनको ढोका झन झन विस्तार गर्दै जाने बताएको छ। खुल्लपनको विस्तारबाट स्वदेशी जनताका लागि लाभ ल्याउने मात्र नभइ अन्य मुलुकको व्यवसायका लागि पनि अझ बढी अवसर सिर्जना गर्ने भएको छ।