फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङका पहेंला पातहरू

(GMT+08:00) 2018-11-15 15:40:05

हरेक मुलुकमा पर्यटनका आ-आफ्नै विशेषता र गुणवत्ता हुन्छन्। चीनमा हरेक ऋतुमा कुनै न कुनै पर्यटकीय तत्वहरूले यहाँको जनजीवन पुनःताजगी गराइरहेको आभाष हुन्छ। शरद ऋतु लागेपछि चीनमा पर्यटनको अर्को बहार शुरू हुन्छ। पैचिङजस्ता शहरका सडक गल्लीहरू पनि वृक्षारोपणका कारण घना छन्। जब शरद ऋतु लाग्छ तब पातहरू पहेंलिन थाल्छन् र पैचिङ सुनजस्तै रसिलो देखिन्छ। पैचिङका डाँडाकाँडामा आन्तरिक पर्यटकहरूको पनि घुइँचो लाग्न थाल्छ। विदेशी पनि त्यस्ता स्थलहरूमा पुगेका राता पहेंला पातहरूको सौन्दर्य उपभोग गर्ने गर्दछन्। बिहानी पदयात्राका क्रममा देखिने रमणीय सुनजस्ता दृश्यहरूले मनै लोभ्याउने गर्दछन्। लक्ष्मी लम्सालबाट खिचिएका केही तस्वीरहरू हेर्नुहोस्।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु