![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
यो गीत किशोर-किशोरीका लागि सन् १९५५ मा छायाङ्कन गरिएको चलचित्र 'मात्रृभूमिका फूलहरू'को मुख्य गीत हो। सन् १९५५ को जुलाई महिनाको एक दिन सो चलचित्रका निर्देशकले सम्पूर्ण छायाङ्कन टोलीसहित १२-१३ वर्षका किशोर-किशोरीको समूह लिएर पैचिङ अवस्थित पैहाइ पार्क गएका थिए। यस गीतका सङ्गीतकार लीउ च पनि उनीहरूसँगै गएका थिए र किशोर किशोरीहरूसँग खेल्दाखेल्दै सङ्गीतकार लीउको दिमागमा गीत सिर्जना हुन पुग्यो र लीउले दश मिनेटमा सङ्गीतसमेत सिर्जना गरेर किशोर किशोरीहरूसमक्ष गाउन थाले। ती किशोर किशोरीहरूले सुनेर भनेः'कति राम्रो। भरखरै डुङ्गा खियाउँदाको हाम्रो मनको भावना यस गीतमा पोखिसकेछ।'
सन् २००२ मा यस गीत प्राथमिक स्कूलको कक्षा तीनको पाठ्यपुस्तकमा समावेश गरिएको थियो।
गीतको बोल यस प्रकार छः
बहना खियाऔं है हामी
डुङ्गाले पन्छाउँदै छ पानी लहरलाई
पोखरीमा छ छायाँ सेतो प्यागोडाको
वरिपरि हरिया रूख अनि रातो भित्ता
पोखरीमा सानो डुङ्गा खियाउँदै
शीतल हावाको स्पर्श हाम्रो अनुहारमा
दिनको गृहकार्य सिध्याई
पोखरीमा खुशी मनाउँदैछौं हामी।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |