![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
यो गीत टिभी डक्युमेन्टरी 'भूमिको मीठो कुरा'का गीतहरूमध्येको एक हो। यसलाई आधुनिक चिनियाँ पप गीतको प्रतिनिधित्व कृति पनि मानिन्छ। सङ्गीतकार ली हाइयीङले पप, शास्त्रिय एवम् जातिय शैलीलाई मिसाएर यस गीतमा राखेका छन्। धेरै किसिमका गाउने तरिकाको प्रयोग भएकोले कतिपय गायक-गायिकाले समेत यस गीतलाई मन पराएका छन्। प्रसिद्ध चिनियाँ पियानोवादक लीउ शखुनले यस पप गीतलाई आफ्नो कन्सर्टमा नियमित रूपमा समावेश गर्ने गरेका छन्। गीतको शुरूमा नै चन्द्रमा, सानो पुल, डुङ्गा र खोलाले एउटा मनमोहक चित्र कोर्दछ। त्यसपछि अर्को किसिमको भावना लहर जस्तै आउँछः हिजोआजको गाँउघर, पहिलेका लोकगीत, उदासले भरिएको मनमा ।
गीतको बोल यस प्रकार छः
टाढा टाढा आकाशमा
अर्द्धाकार चन्द्रमा चम्किँदै
अर्द्धाकार चन्द्रमा मुनि
ढुँगे पुल छ नदी माथि
नदीको किनारमा
सानो डुङ्गा खियाउँदै केटी
गाउँदै छिन् एक परम्परागत गीत
हावाले सुमधुर स्वर उनको
नजिक मेरो छ ल्याइदिएको।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |