फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा स्वागत

(GMT+08:00) 2019-09-18 15:22:09

सन् २००८ को पैचिङ ओलम्पिक खेलकुद आरम्भको एक सय दिनअघि पैचिङ ‌ओलम्पिक आयोजन समितिले पैचिङमा स्वागत शीर्षकको गीत सार्वजनिक गरेको थियो। यो भव्य समारोह मनाउनका लागि हङकङ, मकाउ, थाइ वानका समेत गरी ७८ जना चिनियाँ गायक-गायिकाले मिलेर उक्त गीत गाएका थिए। पैचिङ परम्परागत लोक गीतको आधारमा तथा चिनियाँ परम्परागत वाचन उपकरणका साथ पैचिङमा स्वागत शीर्षकको गीतले पैचिङको आत्मविश्वास, मित्रता, न्यानोपन तथा हार्दिकता देखाएको छ।

गीतले भन्छ: मेरो घरको ढोका खुला छ र तपाईँलाई स्वागत गरिरहेको छ। टाढा वा नजिकबाट आएका सबै हाम्रा पाहुना हुन्। पैचिङ तपाईँलाई स्वागत गर्दछ। सपना साँचेमा उत्तम हुन्छ र साहसी भयो भने चमत्कारको सिर्जना गर्नसकिन्छ। यहाँ नयाँ रिकर्ड बनाऔं र जीत आत्मसाथ गरौं।

जानकारी तथा लेखहरु