फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मातृभूमिको स्तुति

(GMT+08:00) 2019-09-18 15:23:29

यो गीत चिनियाँ प्रसिद्ध संगीतकार वाङ शनले नयाँ चीन स्थापना भएको पहिलो वार्षिकोत्सवमा लेख्नुभएको थियो। सन् १९५० सेप्टेम्बर १५ तारिख उहाँ थेन आन मन चोक घुम्ने क्रममा फरफराइरहेको पाँच तारे लाल झण्डा देखेर निकै भावुक हुनुभएको थियो र साथै गौरवान्वित हुनुभएको थियो। थेन चिन फर्केको रेलमा उहाँले एकै पटक मातृभूमिको स्तुति बोलको गीत लेख्नुभएको थियो। सन् १९५१ को अक्टोबरमा आयोजित राष्ट्रिय जन-राजनीतिक परामर्शदात्री सम्मेलनमा तत्कालीन् राष्ट्राध्यक्ष माउ च तुङले उक्त गीतको उच्च मूल्याङ्कन गर्नुभएको थियो र उक्त गीतलाई धेरै राम्रो भन्नुभएको थियो। हाल उक्त गीत चीनका ठूला कार्यक्रमहरूको अनुष्ठान गीत, उद्घाटन गीत र समापन गीत बनेको छ।

गीतले भन्छ: पाँच तारे लाल झण्डा हावामा फरफराइरहन्छ। विजयको आवाज कति ठूलो छ। हामीले सबै कठिनलाई जितेर आज मुक्त भयौँ। हामी शान्तिप्रेमी हौं, हामी घरलाई माया गर्छौँ। जसले हिंसा, अत्याचार गर्छ त्यसलाई नाश पार्छौं। हाम्रो मातृभूमिको स्तुति गर्छौँ कि आजदेखि समृद्ध र बलियो होस्।

जानकारी तथा लेखहरु