फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डोल्मा

(GMT+08:00) 2019-09-18 15:42:42

"डोल्मा" बोलको गीत गायक या तुङले गाउनुभएको हो। उहाँ तिब्बत जातिका गायक हुनुहुन्छ। उहाँलाई "टारभूमिका राजा गायक" को संज्ञा दिएको छ। राजा गायक या तुङको स्वर निकै मिठो छ। उहाँले गाउनुभएको गीतहरुले तपाईँलाई सुन्दर घाँसेमैदान र हिम टारभूमि पुर्‍याउनुको साथै तपाईँलाई टाढा र रहस्यमय तिब्बत पुर्‍याउनसक्ने छ।

यो गीतमा भनिएको छ-

घाँसेमैदानको हावा, घाँसेमैदानको वर्षा, घाँसेमैदानको भेडाको बठान,

घाँसेमैदानको फूल, घाँसेमैदानको पानी, घाँसेमैदानकी केटी,

आ, डोल्मा,

आ, डोल्मा,

घाँसेमैदानकी केटी डोल्मा,

तिमीसँग फूलजस्तै नाम छ, सुन्दर केटी डोल्मा,

तिमीसँग फूलजस्तै मुस्कान छ, सुन्दर केटी डोल्मा,

तिमीले एउटा स्वतन्त्र चराजस्तै घाँसेमैदानमा गीत गायौ।

तिमी वसन्तको रङ्गीन पुतलीजस्तै फूल बगैंचामा उड्यौ।

आ, डोल्मा,

घाँसेमैदानको केसाङ फूल,

तिमीले गीत हिमालको सम्मानमा दिएका छौ, यो हिमाल तिमीलाई हुर्काएको हिमाल।

तिमीले सुन्दर घाँसेमैदानलाई सम्मानमा दिएका छौ, यो घाँसेमैदान तिमीलाई हुर्काएको घाँसेमैदान हो।

आ, डोल्मा,

घाँसेमैदानकी केटी डोल्मा,

तिमीसँग फूलजस्तै नाम छ, सुन्दर केटी डोल्मा,

तिमीसँग फूलजस्तै मुस्कान छ, सुन्दर केटी डोल्मा,

तिमी मिठो रक्सीजस्तै नशालु छौ, तिमीलाई देखेर सूर्य समेत मात्तिने छ, चन्द्र समेत मात्तिने छ।

तिमी सुमधुर पशुलापक गीतजस्तै छौ, तिम्रो गीत सुनेर हिमाल सुन्दर बन्ने छ, घाँसेमैदान सुन्दर बन्ने छ।

आ, डोल्मा,

घाँसेमैदानकी केटी डोल्मा,

तिमीले गीत हिमालको सम्मानमा दिएका छौ, यो हिमाल तिमीलाई हुर्काएको हिमाल।

तिमीले सुन्दर घाँसेमैदानलाई सम्मानमा दिएका छौ, यो घाँसेमैदान तिमीलाई हुर्काएको घाँसेमैदान।

तिमीले सुन्दरता हिमाललाई सम्मानमा दिएका छौ, यो हिमाल तिमीलाई हुर्काएको हिलाल।

तिमीले सुन्दरता घाँसेमैदानलाई सम्मानमा दिएका छौ, यो घाँसेमैदान तिमीलाई हुर्काएको घाँसेमैदान हो।

आ, डोल्मा

घाँसेमैदानकी केटी डोल्मा,

आ, डोल्मा

घाँसेमैदानकी केटी डोल्मा,

जानकारी तथा लेखहरु