![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
"पाँच तारे रातो झण्डा" बोलको गीत चीनका प्रसिद्ध गायिका लिउ युआन युआनद्वारा गाइएको गीत हो। सन् १९९९ अक्टोबर एक तारिख जन गणतन्त्र चीनको स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा आयोजित रात्री सांस्कृतिक कार्यक्रममा गायिका लिउ युआन युआनले "पाँच तारे रातो झण्डा" बोलको गीत गाउनुभएको थियो। त्यसपछि यो गीत चीनभरि प्रचलित भएको थियो।
यो गीतमा भनिएको छ-
तिमी सूर्यसँगसँगै उदायौ।
तिमीले चीनको हरेक जमीनलाई रातो बनायौ।
तिमी र जन गणतन्त्र चीनबीच घनिष्ठ सम्बन्ध छ।
तिमीले जन गणतन्त्र चीनसँगै आधा शताब्दी पार गर्यौ
पाँच तारे रातो झण्डा, आ..., पाँच तारे रातो झण्डा,
तिमीले चिनियाँ राष्ट्रको मनलाई सँगसँगै जोड्यौ
पाँच तारे रातो झण्डा, आ..., पाँच तारे रातो झण्डा,
तिमीबाट संसारमा बसोबास गरिरहेका चिनियाँहरू कठिन अवस्थाबाट मुक्त भएपछि खुशी लागेको छ।
तिमी सूर्यसँगसँगै उदायौ।
तिमीले चीनले प्राप्त गरेको हरेक सफलता रेकर्ड राखेका छौ।
तिमी जन गणतन्त्र चीनसँगसँगै मिलेर नयाँ शताब्दीतर्फ संयुक्त रुपमा लम्केका छौ।
पाँच तारे रातो झण्डा, आ..., पाँच तारे रातो झण्डा,
तिमीले चिनियाँ राष्ट्रको मनलाई सँगसँगै जोडेका छौ
पाँच तारे रातो झण्डा, आ..., पाँच तारे रातो झण्डा,
तिमीबाट संसारमा बसोबास गरिरहेका चिनियाँहरू कठिन अवस्थाबाट मुक्त भएपछि खुशी लागेको छ।
पाँच तारे रातो झण्डा, आ..., पाँच तारे रातो झण्डा,
तिमीले चिनियाँ राष्ट्रको मनलाई सँगसँगै जोडेका छौ
पाँच तारे रातो झण्डा, आ..., पाँच तारे रातो झण्डा,
तिमीबाट संसारमा बसोबास गरिरहेका चिनियाँहरू कठिन अवस्थाबाट मुक्त भएपछि खुशी लागेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |