फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ती ली ती ली

(GMT+08:00) 2019-09-18 15:46:11

"ती ली ती ली" बोलको यो गीतको अर्को शीर्षक "वसन्त कहाँ छ" भन्ने हो। यो गीत चीनको एउटा बालगीत हो र यो चिनियाँ बालबालिकाद्वारा मन पराइएका गीतहरूमध्येको एक हो।

यस गीतमा भनिएको छ-

वसन्त कहाँ छ, वसन्त कहाँ छ, वसन्त हरियो वनस्पतिमा देख्नपाइन्छ।

यहाँ रातो फूल छ, यहाँ हरियो घाँस छ, यहाँ पनि गीत गाउन जानेका सानो पहेंलो चरा छ।

ती ली ली ली ती ली ली ती ली ली ली ली

वसन्त हरियो वनस्पतिमा देख्नपाइन्छ, त्यहाँ गीत गाउन जानेका सानो पहेंलो चरा छ।

वसन्त कहाँ छ, वसन्त कहाँ छ, वसन्त तालको छायाँमा देख्नपाइन्छ।

तालको छायाँमा रातो फूल देखिएको‌ छ, हरियो घाँस देखिएको छ, यहाँ पनि गीत गाउन जानेका सानो पहेंलो चरा देखिएको छ।

ती ली ली ली ती ली ली ती ली ली ली ली

वसन्त तालको छायाँमा देख्नपाइन्छ, त्यहाँ गीत गाउन जानेका सानो पहेंलो चरा छ।

वसन्त कहाँ छ, वसन्त कहाँ छ, वसन्त बालबालिकाका आँखामा देख्नपाइन्छ।

उनीहरूका आँखामा रातो फूल देखिएको छ, हरियो घाँस देखिएको छ, यहाँ पनि गीत गाउन जानेका सानो पहेंलो चरा देखिएको छ।

ती ली ली ली ती ली ली ती ली ली ली ली

वसन्त बालबालिकाका आँखामा देख्नपाइन्छ, त्यहाँ गीत गाउन जानेका सानो पहेंलो चरा छ।

जानकारी तथा लेखहरु