फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"लोक गीत वसन्तको स्वच्छ नदी जस्तै" भन्ने शीर्षकको गीत

(GMT+08:00) 2019-09-18 15:49:47

"लोक गीत वसन्तको स्वच्छ नदी जस्तै"भन्ने रहेको छ। यस गीत चीनको भित्री मङ्गोलिया स्वायत्त प्रदेशका गायिका सछिन्कर्लले गाएकी हुन्। "लोक गीत वसन्तको स्वच्छ नदी जस्तै" भन्ने शीर्षकको गीत गायिका सछिन्कर्लको प्रतिनिधि गीत पनि हो। त्यस गीत चीनको साठीको दशकमा प्रसारित "लिउ सान चे"नामको एउटा नामी सङ्गीत चलचित्रमा रहेको लोक गीतको आधारमा पुन:सिर्जित गरिएको हो। त्यस गीत चिनियाँ अल्पसङ्ख्यक जातिमध्येको एक अर्थात् च्वाङ्ग जातिका जनताहरू माछा पालन गर्ने क्रममा गाउने लोक गीत हो। गीतमा च्वाङ्ग जातिका जनताले मिहिनेतसँग नदीमा माछा मार्नुका साथै खुसीसाथ लोक गीत गाउने रमाइलो दृश्य पनि प्रतिबिम्बित गरिएको छ। गीतमा भनिएको छ: लोक गीत गाऊँ! यहाँ गाएपछि त्यहाँ पनि गाउने हुन्छन्। लोक गीत वसन्त ऋतुको स्वच्छ नदी जस्तै छ! नदीमा हुरी जति ठूलो भए वा नदीमा मोडिने ठाउँ धेरै भए तापनि हामी तर्सने छैनौं!
जानकारी तथा लेखहरु