फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"घोडा पक्रने डोरी" शीर्षकको गीत

(GMT+08:00) 2019-09-18 15:51:29

चीनका घाँसे मैदान र चउर मैदानमा दर्जनौं घोडाहरू पालिन्छन्। त्यसैगरी घोडा पक्रने डोरी पशुपालकहरूको सामान्य जीवनका लागि नभई नहुने चीज हो। "घोडा पक्रने डोरी" भन्ने शीर्षकको गीतमा भनिएको छ:

 

डोरी समातेर घोडा पक्रने युवक,

तिमी ज्यादै साहसी र बहादुर रहेछौ।

घाँसे मैदानमा रहेका घोडाहरू हावा जस्तै बेगमा दौडिरहेका छन्।

तिमीसँगै मिलेर जहाँ जान पनि म इच्छुक छु।

तिम्रो अङ्गालो समुद्र जस्तै फराकिलो छ।

 

घोडा पक्रने डोरी शीर्षकको गीतमा फराकिलो घाँसे मैदानमा हजारौं घोडा दौडिरहेका बिशाल दृश्यको ब्याख्या गरिनुका साथै अल्पसङ्ख्यक जातिका युवा-युवतीबीचको सोझो र खुलस्त प्रेम भावना पनि प्रष्ट पारिएको छ। त्यस गीत भित्री मङ्गोलियाली युवा गायिका उ लान थो याले गाएकी हुन्।

 


जानकारी तथा लेखहरु