फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आशाको क्षेत्रमा

(GMT+08:00) 2019-09-19 09:07:48

सन् १९७८ मा चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकले चीनको ग्रामीण क्षेत्रमा चौतर्फी सुधारका लागि योजनाको तर्जुमा गरेको थियो। त्यसको केही वर्षयता चिनियाँ ग्रामीण क्षेत्रमा ठूलो परिवर्तन हुनुका साथै किसानको जीवनस्तर पनि स्पष्ट रूपमा माथि उकासिएको थियो।

"गीत" नामक पत्रिकाका सम्पादक छन स्याउक्वाङले आनह्वी, स छ्वानलगायतका क्षेत्रका गाउँगाउँमा गइ स्थानीय सर्वसाधारणको खुशी र चीनमा भइरहेको परिवर्तन तथा सुधारको जैविक शक्तिको अनुभव गरेका थिए। यसै कममा उनले खुशी हुँदै 《आशाको क्षेत्रमा》को शब्द रचना गरेका थिए। त्यसपछि उनले उक्त शब्द सङ्गीतकार श क्वाङनानलार्इ दिए। सङ्गीतकार शले ग्रामीण क्षेत्रप्रति माया र नयाँ युगप्रति आशा लिएर धुन भरे।

सन् १९८१ मा टेलिभिजनमार्फत उक्त गीतको प्रदर्शन भएपछि व्यापक दर्शकको प्रशंसा पाएको थियो। त्यसपछि यस गीतले चीनमा लोकप्रियता हासिल गर्यो।

जानकारी तथा लेखहरु