फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वर्ग मार्ग

(GMT+08:00) 2019-09-19 09:20:58

सन् २००१ मा गीतकार छ्यु युआन र सङ्गीतकार यिन छिङले छिङहार्इ-तिब्बत रेलको निर्माणस्थल घुम्ने क्रममा रेलवे निर्माणकर्मी र स्थानीय तिब्बतीहरूले उक्त रेलवेलाई "स्वर्ग मार्ग" भनेको सुनेका थिए। त्यसैको आधारमा उनीहरूले यस "स्वर्ग मार्ग" बोलको गीत सिर्जना गरेका हुन्।

यस गीतमा छिङहार्इ-तिब्बत रेलमार्गले स्वर्ग मार्गजस्तै स्थानीय तिब्बती सर्वसाधारणलार्इ सुख, सौभाग्य र सुविधा दिने भन्ने मुख्य भाव रहेको छ। गीतले यस्तो भन्न खोजेको छ- म अग्लो पहाडमा उभिइरहेको छु र रेलवे मेरो जन्मथलोसम्म निर्माण भएको हेर्ने प्रतिक्षामा छु। ड्रेगनजस्तै पहाडलाई पार गरेर हिमालीभूमिमा सुख दिनेछ। यो एउटा स्वर्गमार्ग हो। जसले सीमा क्षेत्रसम्म न्यानो पुर्याउनेछ। हामीलार्इ स्वर्गको अनुभूति गराउने छ।

यस गीतको धुनको विशेषतामा स्पष्ट तिब्बती शैली देखिन्छ। चीनका प्रसिद्ध गायिका हान हुङले सन् २००५ मा चिनियाँ केन्द्रिय टेलिभिजनद्वारा प्रसारण गरिएको वसन्त चाड समारोह कार्यक्रममा उक्त गीत गाएकी थिइन्। त्यसपछि यो गीत छोटो समयमै चीनमा लोकप्रिय बनेको छ।

जानकारी तथा लेखहरु