फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ ओपेराका रङ्गी-विरङ्गी मास्क सम्बन्धी गीत

(GMT+08:00) 2019-09-19 09:25:16

यो गीत चीनमा पैचिङ ओपेरासित सम्बन्धित लोकप्रिय गीत हो। पैचिङ ओपेरा चिनियाँ संस्कृतिको महत्वपूर्ण भाग र सम्पत्ति हो। पैचिङ ओपेरा प्रदर्शन गर्दा अभिनेता र अभिनेत्रीको अनुहारमा थरि-थरिका रङ्ग लगाउनु पर्छ। अनुहारमा लगाइएका विविध रङ्गबाट अभिनेता र अभिनेत्रीको भावना, गुण र भाग्य दर्शकहरुलाई प्रदर्शित गरिन्छ। गीत तथा सङ्गीतको माध्यमबाट विभिन्न रङ्गी-विरङ्गी मास्कको बारेमा जानकारी दिएको छ। यस गीतलाई पप सङ्गीत र पैचिङ ओपेराको धुनको मिश्रणले अति कर्णप्रिय बनाएको छ।

पैचिङ ओपेरामा अभिनेता र अभिनेत्रीको अनुहारमा लगाइएको रङ्ग हेरेर त्यो पात्रको भूमिका कस्तो किसिमको हो भनेर छुट्याउन सकिन्छ। यो पात्र छुच्चो छ कि उदार, राम्रो छ कि नराम्रो, असल छ कि खराब, ठूलो छ कि सानो भन्ने कुरा रङ्गका आधारमा छुट्ट्याइन्छ। साधारणतया रातो अनुहार बनाइएको पात्रले असल व्यक्तिको अभिनय गर्छ। यस्तो पात्र इमानदार र शूर-बीर हुन्छ। बैजनी रङ्ग लगाएको पात्रले शूर-बीर र चलाक व्यक्तिको अभिनय गर्छ। कालो अनुहार बनाइएको पात्रले सोझो र इमानदार व्यक्तिको अभिनय गर्छ। निलो अनुहार बनाइएको पात्रले बहादुरको अभिनय गर्छ। पहेंलो र सेतो अनुहार बनाएका पात्रले नकारात्मक पक्ष धारण गरेको हुन्छ। सुनौलो र चाँदी रङ्ग बनाइएको पात्रले धेरैजसो देवता र राक्षसको अभिनय गर्छ।

जानकारी तथा लेखहरु