फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लाल तारा मेरो लडाईंको प्रेरणा

(GMT+08:00) 2019-09-20 10:06:48

        सन् 1974 "चम्किलो लाल तारा"नामको फिल्म सार्वजनिक भएको थियो। "लाल तारा मेरो लडाईंको प्रेरणा" भन्ने गीत उक्त फिल्मको प्रकरण हुनुका साथै चीनका प्रख्यात गायक ली श्वाङ्ग च्याङ्गले गाउनुभएको हो। यो फिल्मको मुख्य विषय यस्तो छः 'सन् 1931 लाल सेनाले ल्यौ सी गाउँलाई मुक्त गरेर प्रशासनिक अधिकार स्थापना गरेको छ। दीर्घकालीन दुःख वहनबाट सात वर्षका फान तुङ्ग च पनि मुक्त भएका छन्। उनका बुवा फान सीङ्ग यीले अपरेशनमा आफ्नै वर्गका बेहोश भाइलाई दिएको कुराले फान तुङ्ग चको मन छोयो। सन् 1934 उनका बुबा लाल सेनासँगै ल्यौ सी गाउँ छोड्दै फान तुङ्ग चलाई एउटा लाल तारा दिनुभयो। पछि उनले चिनियाँ कम्युनिष्ट पार्टी र क्रान्तिकारी पूर्ववर्तीको हेरचाहमा क्रमशः हुर्काउँदै लगे। उनले आफ्नो चलाखीमा एक एक लडाईंबाट मुक्ति पाउँदै घुम्ती गुरिल्लालाई सहयोग गरे। सन् 1938 फान तुङ्ग चले आफ्नो बुबासित भेट हुँदा लामो समयसम्म संरक्षित लाल तारा लगाएर लाल सेनामा भर्ना भएका थिए।

यो गीतको बोल यस प्रकार छः

बाँसको सानो डुंगा नदीमा खियाइएको छ।

मेरो आँखामा हरियाली पहाड दुई किनारामा पार भएका छन्।

आज हावा तथा पानीलाई कुनै डर छैन, आकाशमा स्वतन्त्र उडान गरिरहेको छ।

हाम्रो कार्यभार कठिन भए पनि चिनियाँ कम्युनिष्ट पार्टीको भित्री प्रकाशको हामीले सम्झना गर्नुपर्छ।

लाल तारा चम्किलो भएर मतिरै आउँदैछ।

हामीले चिनियाँ कम्युनिष्ट पार्टीसँगै मिलेर दुखी जीवनलाई सुधार गर्नुपर्छ।

जानकारी तथा लेखहरु