![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सन् 1993 मा चीनको मुख्य भूमिका निर्देशक छन खाइ कले "फेयरवेल माइ कन्कुबाइन" नामको फिल्म बनाउनुभएको थियो। सो फिल्मले समाजका धेरै मान्छेको नजर तानेको छ। साथै ठूलो उपलब्धि पनि हासिल गरेको छ। यसपछि निर्देशक छन खाइ क झन झन प्रसिद्ध हुँदैआउनुभएको छ।
"फेयरवेल माइ कन्कुबाइन" नामको फिल्मको मुख्य विषय यस्तो छः छङ्ग त्ये यी नामको युवकलाई परिवारिक गरिबीका कारण निकै सानो उमेरमा नै ओपेरा नाटक सिक्न बिक्री गरिएको थियो। पढाइका क्रममा उनले केटीको स्वरुपबारेको विषय सिकेका थिए। यसैगरी छङ्ग त्ये यीले आफूले केटी बनेकोमा गल्ती भएको सोचेकी छन्। छङ्ग त्ये यीको उमेरभन्दा अलि ठूलो सहपाठी त्वाङ्ग स्याउ लौ र छङ्ग त्ये यी बीचको भाव निकै घनिष्ठ थियो। यी दुई जना "फेयरवेल माइ कन्कुबाइन" नामको नाटक प्रदर्शनपछि झन झन नामी भएका छन्। ठूलो भएपछि त्वाङ्ग स्याउ लौले एक जना केटीसित विवाह गरे । तर अफ्सोस्, यी दुइ जनाबीच एकले अर्कामाथि विश्वासघात भयो। यसपछि छङ्ग त्ये यीले आफ्नो कलाप्रति दुःख मनाउ गरे। अन्तमा उनले त्वाङ्ग स्याउ लौसित सँगसँगै "फेयरवेल माइ कन्कुबाइन"नामको नाटक प्रदर्शन गर्दा खुकुरी प्रहार गरी आत्महत्या गरे।
"माया मरिसक्यो"नामको गीत उक्त फिल्मको मुख्य गीत हो। यो गीत थाइवानेली गायक ली चुङ्ग शङ्ग र थाइवानेली गायिका लिन यी ल्येन सँगसँगै गाउनुभएको हो।
यस गीतको मुख्य विषय यसप्रकार छः
हामीले सँगसँगै बिताएका क्षणहरू मलाई नसुनाऊ।
खुशी वा दुःख जे भए पनि मनमै रहेको छ।
हामीले आफ्नो नयाँ जीवन बिताउनुपर्छ अब।
तिमीले मेरोबारे कुनै खोजखबर नगर।
माया एउटा गाह्रो कुरा हो।
दुःख बिर्सन सकिएला तर तिमीलाई बिर्सन गाह्रो छ।
तिमी मेरो मनमा सधैं बसेका छौ।
मैले तिमीलाई उस्तै माया गरेको छु त्यसैले तिमीप्रतिको सम्झना असीमित छ।
हामीले सँगसँगै बिताएका क्षणले मेरो मनलाई सजिलैसँग छोएको छ।
सक्छौ भने मलाई बिर्स।
आउने कुनै दिन तिमीले म-बिनाको जीवन यथावत् बिताउनुपर्छ
हामीले सँगसँगै बिताएको क्षण हावाको झोक्का सम्झेर बिर्स।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |