फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ड्र्यागनको सन्तान

(GMT+08:00) 2019-09-26 10:02:47

यस चिनियाँ गीतको बोल ड्र्यागनको सन्तान हो। दशौं बर्ष अघिदेखि यस गीत चीनमा धेरै लोकप्रिय छ। सन् १९७८ मा चीनको थाइवान प्रान्तका सङ्गीतकार हौ त च्यानले यस गीतमा सङ्गीत भरेपछि चीनका हङकङका गायक चाङ मिन मिनले स्वर दिनुभएको थियो। गायक च्याङ मिन मिनले यस गीत गाए लगत्तै चीनभरि लोकप्रिय बन्नपुग्यो किनभने चिनियाँहरूले आफूलाई ड्र्यागनको सन्तान मान्छन्। हालसम्म चीनका धेरै गायकहरूले यस गीतलाई परिमार्जन गर्दै गाउँदै आएका छन्। यी गायकहरूमध्ये अमेरिकामा जन्मेका चिनियाँ पप गायक वाङ लि हुङले गाएको गीत हालसम्म सबैभन्दा लोकप्रिय बनेको छ।

धेरै चिनियाँहरूलाई गायक वाङ लि हुङ मन पर्छ। उहाँ सुन्दर देखिनु हुन्छ साथै प्रतिभाशाली व्यक्ति पनि हुनुहुन्छ। सन् १९७६ को मेइमा अमेरिकाको रोचेस्टर शहरमा गायक वाङ लि हुङको जन्म भएको थियो। उहाँले अमेरिकी विलियम्स कलेज तथा बर्क्ले सङ्गीत कलेजबाट डाक्टरको डिग्री प्राप्त गर्नुभएको छ। सन् १९९५ मा उहाँको पहिलो एल्बम सार्वजनिक भए लगत्तै लोकप्रिय हुनुभएको थियो र उहाँको सङ्गीत कार्य औपचारिक रूपमा शरू भएको थियो। सन् १९९८ तथा सन् २००६ मा उहाँले दशौं र सत्रौं थाइवान प्रान्तको गोल्डन गीतको पुरस्कार जित्नुभएको थियो। उहाँको सङ्गीतमा विविधता पाइन्छ र पप, रक, र्याप तथा आरएनबी शैलीका गीतहरू समेत छन्। सन् २००० मा उहाँले पहिलो पटक चलचित्रमा अभिनय गर्नुभएको थियो। सन् २००८ मा अमेरिकाको प्रसिद्ध वेबसाइट गोलडसीले वाङ लि हुङलाई अमेरिकी इतिहासको ८० जना सबैभन्दा प्रभावकारी अमेरिकामा जन्मेका एशियनहरूमध्येको एक रहेको मूल्याङकन गरेको थियो। उहाँ गायक, सङ्गीतकार, अभिनेताका साथै लेखक, र चलचित्र निर्देशक पनि हुनुहुन्छ।

सन् २००० मा उहाँले पहिलो पटक उक्त ड्र्यागनको सन्तान नामक गीतमा आफ्नो सङ्गीतको शैली मिसाएर फेरि गाउनुभएको थियो र सन् २०१२ मा उहाँले चीनको सबैभन्दा लोकप्रिय टेलिभिजन सांस्कृतिक कार्यक्रम-वसन्त चाड समारोह कार्यक्रममा पनि यस गीत गाउनुभएको थियो।

चिनियाँहरूले आफ्नो मातृभूमिलाई माया गर्नुपर्छ यस गीतको मुख्य बिषय हो। यस गीतको मुख्य शब्दहरू भनेको"विश्वमा पूर्वतिरको एउटा लामो नदी भनेको छाङ च्याङ हो र एउटा पहेँलो रङ्गको नदी ह्वाङ ह हो। विश्वको पूर्वतिर एउटा ठूलो जनसँख्याको जाति भनेको ड्र्यागनको सन्तान हो र चिनियाँहरूलाई ड्र्यागनको सन्तान भनिन्छ। ड्र्यागनका सन्तानसँग कालो आँखा, कालो कपाल र पहेंलो छाला छ। छाङ च्याङ नदी र ह्वाङ ह नदी सधैं नै मेरो सपनामा आउँछ। तर मलाई त्यो सुन्दर नदी हेर्न गाह्रो छ। संसारको जुनसुकै विदेशी मुलुक वा ठाउँमा गएर बसोबास गरे तापनि तिमीले आफू चिनियाँ हौ भन्ने कुरा सम्झनु पर्छ र तिमी ड्र्यागनको सन्तान हौ भन्ने कुरा पनि बिर्सन हुँदैन।"

जानकारी तथा लेखहरु