फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म तिमीलाई माया गर्छु, चीन

(GMT+08:00) 2019-09-26 10:04:26

यस गीतको बोल "म तिमीलाई माया गर्छु, चीन"हो। एउटा चिनियाँ चलचित्रमा यो गीत पहिलो पटक समावेश गरिएको थियो। सन् १९७९ मा रचित यस गीतलाई मलेशियामा जन्मेकी चिनियाँ गायिका ये फै यिङले स्वर दिनुभएको हो। ये फै यिङ चीनका एक प्रसीद्ध गायिका र कलाकार हुनुहुन्छ। सन् १९३५ मा मलेशियाको कुआलालम्पुरमा उहाँको जन्म भएको थियो। सन् १९५१ मा उहाँ मलेशियाबाट चीनको क्वाङ तोङ प्रान्तीय क्वाङ चौ शहरमा फर्केर निरन्तर रूपमा विद्यालय जानुभएको थियो र सो अवधिमा गीत गाउने प्रतियोगितामा धेरै पटक पुरस्कार पनि जित्नुभयो। मध्यविद्यालयपछि उहाँले चिनियाँ केन्द्रीय सङ्गीत एकेडेमीमा प्रवेश गर्नुभयो र औपचारिक रूपमा गायन सिक्नुभएको थियो। हालसम्म ३००० भन्दा धेरै पटक विभिन्न कार्यक्रमहरूमा उहाँले यस "म तिमीलाई माया गर्छु चीन"नामक गीत गाइसक्नुभएको छ। उहाँ चिनियाँ सङ्गीत क्षेत्रको महत्वपूर्ण व्यक्ति हुनुहुन्छ नै साथै चिनियाँ राष्ट्रिय जन कांग्रेसको छैठौं तथा सातौं महाधिवेशनको प्रतिनिधि पनि हुनुभएको थियो र चिनियाँ राष्ट्रिय राजनैतिक परामर्शदात्री सम्मेलनको आठौं, नवौं तथा दशौं महाधिवेशनको सदस्य पनि हुनुहुन्थ्यो।

"म तिमीलाई माया गर्छु चीन" एउटा "विदेशी मुलुकमा बसोबास गर्ने चिनियाँहरू"नामक चिनियाँ चलचित्रको मुख्य गीत हो। सन् १९७९ मा चीनको सुधार तथा खुलापनको नीति लागू भएपछि विदेशी मुलुकमा बसोबास गर्दैआएका धेरै चिनियाँहरू चीन फर्केका थिए। लामो समयसम्म विदेशी मुलुकमा बसोबास गरेका चिनियाँहरूले आफ्नो मातृभूमिलाई माया गरेको निश्कर्ष उक्त चलचित्रले देखाउन खोजेको थियो। "म तिमीलाई माया गर्छु चीन" यस गीतले विदेशी मुलुकमा बसेका चिनियाँहरूको मातृभूमिको सम्झना र माया व्यक्त गरेको छ। यस गीतका मुख्य शब्दहरू भनेको "चीन, म तिमीलाई माया गर्छु। वसन्त ऋतुमा हुर्किरहेका नयाँ बिरूवालाई माया गर्छु। शरद ऋतुमा पाकेका फललाई माया गर्छु। जन्मस्थल मेरो मनमा गुलियो उखुको मिठास जस्तै बसेको छ। म संसारको सबैभन्दा मीठो गीत मातृभमिका लागि गाउन चाहन्छु। ठूलो चीनको दक्षिण समुद्रलाई म माया गर्छु। अग्ला पहाडहरू र हरियो वनहरूलाई अति माया गर्छु। मातृभूमिमा बगिरहेको नदी मेरो सपनामा आउँछ। म मेरो यौवन र उत्साह मातृभमिलाई दिन चाहन्छु। म तिमीलाई माया गर्छु, चीन।"

जानकारी तथा लेखहरु