फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ मन

(GMT+08:00) 2019-09-26 10:05:57

यस गीतको बोल मेरो चिनियाँ मन हो। प्राय सबै चिनियाँहरूले यस गीत सुनेका छन् र सायद धेरै जसो चिनियाँहरूलाई गाउन पनि आउँछ। यो एउटा देशभक्ति गीत हो र चीनका एक प्रसिद्ध गायक चाङ मिन मिनले स्वर दिनुभएको छ। सन् १९८२ मा गायक चाङको मेरो चिनियाँ मन नामक एल्बम प्रकाशित भएपछि यस एल्बमको मुख्य गीत-मेरो चिनियाँ मन लोकप्रिय बन्न पुगेको थियो। सन् १९८४ को वसन्त चाडको अवधिमा चिनियाँ राष्ट्रिय टेलिभिजनद्वारा प्रसारित एउटा सांस्कृतिक समारोहमा पनि यो गीतलाई समावेश गरिएको थियो। धेरै चिनियाँहरूले सो टेलिभिजन कार्यक्रममार्फत यस गीतबारे जानकारी पाएका थिए। यस गीत लोकलयमा आधारित छ र युवायुवतीदेखि बुढाबुढीहरूले यस गीतलाई मन पराएका थिए।

गायक चाङ मिन मिन चीनमा धेरै प्रसिद्ध हुनुहुन्छ र धेरै जसो चिनियाँहरूले उहाँका एक वा दुईटा गीत गाउनसक्छन्। गायक चाङ सन् १९५६ मा चीनको हङकङमा जन्मनुभएको थियो। उहाँको गीतमा चिनियाँ जातीय सङ्गीतको झल्को पाइन्छ। चीनमा उहाँलाई एक देशभक्त गायक मानिन्छ। उहाँका धेरै जसो गीतहरू देशलाई माया गर्ने खालका छन्। सन् २००५ मा उहाँले हङकङको एउटा जैविक प्राविधिक कम्पनीमा कार्यकारी निर्देशकको पदमा काम गर्नुभएको थियो। उहाँ गायक मात्र नभई एक सफल उद्यमी पनि हुनुहुन्छ।

यस गीतको मुख्य शब्दहरू भनेको---

"मेरो सपनामा आउने दृश्यहरू ईश्वरीय छन्। मातृभूमिबाट टाढा बसेको धेरै बर्ष भयो। तर मेरो चिनियाँ मन कहिले परिवर्तन हुने छैन। मैले पश्चिमी पोशाक लगाए तापनि मेरो मनमा सधैं चीन रहिरहने छ। मेरा पुर्खाहरूले मेरो मनमा चीनको नक्साङ्कन गरिदिएको छ। चीनका साङ च्याङ, ह्वाङ ह नदीहरू, ह्वाङ पहाड र महान पर्खाल यिनीहरू मेरो मनमा अपरिवर्तनीय छन्। म विश्वको जुनसुकै ठाउँमा गए पनि चीनलाई मनबाट कहिल्यै हटाउन सक्दिन। मेरो रगतमा केही प्रवाह हुन्छ भने - त्यो "चीन" हो। म विदेशी भूमिमा जन्मेका कारण पनि मेरो चिनियाँ हृदय परिवर्तन हुने छैन।"

जानकारी तथा लेखहरु