फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन गणतन्त्र चीनद्वारा स्थापनाको ७० वर्ष भव्यताका साथ मनाइँदै

(GMT+08:00) 2019-10-01 12:16:55

 

चीनको विकास नयाँ युगमा प्रवेश गरेको छ। विश्वमा चीनको असर आज जस्तो पहिले गहिरो थिएन। विश्वको चीनप्रति ध्यानाकर्षण आज जस्तो पहिले व्यापक थिएन। जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव समारोह अक्टोबर १ तारिख बिहान पैचिङ अवस्थित थेन आन मन चोकमा मनाइएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सो समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुका साथै सैनिक परेड समारोहको अवलोकन गर्नुभएको छ। उहाँले वितेका ७० वर्षदेखि चिनियाँ जनताले सँगसँगै मिलेर अथक प्रयास गरी विशाल उपलब्धिहरु प्राप्त गरेको भन्दै कुनै पनि शक्तिले चीनको स्थान, तथा चिनियाँ जनता र चिनियाँ राष्ट्रको अघि बढ्दै गरेको पाइलालाई रोक्ननसक्ने कुरामा जोड दिनुभयो।

समारोहमा सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले चिनियाँ जातिको स्वतन्त्रता र जनताको मुक्तिका साथै मुलुकको समृद्ध र जनताको सुखको स्थापनाका लागि अमूल्य योगदान गरेका क्रान्तिकारी पुर्खा र शहीदहरूको गहिरो सम्झना व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सीले चीनको विकासलाई समर्थन गरेका विभिन्न मुलुकका साथीलाई धन्यवाद पनि ज्ञापन गर्नुभयो।

राष्ट्राध्यक्ष सीले समाजवादी चीन विश्वको पूर्वी भागमा उभिएको र कुनै पनि शक्तिले चीनको स्थानलाई हल्लाउन नसक्ने औंल्याउनुहुँदै कुनै पनि शक्तिले चिनियाँ जनता र चिनियाँ जातिले अगाडि सारेको पाइलालाई बिथोल्न नसक्ने पनि बताउनुभएको छ। जन गणतन्त्र चीनको स्थापनापछि चीनको दुखपूर्ण भाग्यलाई परिवर्तन गरेर चिनियाँ जातिले पुनःउत्थानको बाटोमा हिंडिरहेको औंल्याउँदै राष्ट्राध्यक्ष सीले सत्तरी वर्षयता चीनका विभिन्न जातिका जनताले मनलाई एकिकृत गरेर प्रयास गर्दै विश्वलाई आकर्षित गराउन सफल विशाल उपलब्धि प्राप्त गरेको बताउनुभएको छ।

चीनले प्रगतिको बाटोमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वको पालना गर्नुपर्नेमा जोड दिंदै जनतालाई मुख्य स्थानमा राखेर चिनियाँ विशेषतायुक्त समाजवादी बाटोको पालना गरी सम्पूर्ण रुपमा चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत विचारधारा, आधारभूत बाटो, आधारभूत रणनीतिको पालनासँगै निरन्तर रुपमा जनताले सुखमय जीवनको अपेक्षालाई पूरा पार्ने, नयाँ ऐतिहासिक उपलब्धि हासिल गर्ने व्यक्त गर्नुभयो।

चीनले "शान्तिपूर्ण एकिकरण, एक देश दुई व्यवस्था"कार्यनीतिमा अडिग रहेर हङकङ तथा मकाउको स्थायी समृद्ध र स्थिरतालाई कायम राख्नुपर्ने, थाइवान जल डमरुका दुई किनारा बीचको सम्बन्धको शान्तिपूर्ण विकासलाई अघि बढाउनुपर्ने कुरामा पनि सर्वोच्च नेता सीले जोड दिनुभएको छ। उहाँले सम्पूर्ण चिनियाँ जनतालाई एकिकृत भएर मातृभूमिको पूर्ण एकिकरणका लागि अथक प्रयास गर्न आह्वान गर्नुभयो।

राष्ट्राध्यक्ष सीले चीन निरन्तर शान्तिपूर्ण विकासको मार्गमा लाग्दै आपसी हित तथा साझा विजयसँगै खुला रणनीतिको पालना गर्ने, विश्वका विभिन्न मुलुकहरुका जनतासँगै मिलेर मानव हितलाई लक्षित समूदायको निरन्तर रुपमा निर्माण गर्ने दाबी गर्नुभएको छ।

चीनका सर्वोच्च नेता सीले चीनको हिजो मानव जातिको इतिहासमा लेखिएको छ भन्दै चीनको आज अरबौं जनताको हातमा सिर्जना भइरहेको र चीनको भोलि अवश्य नै थप उज्यालो हुने विश्वास व्यक्त गर्नुभएको छ। सीले चिनियाँ कम्युनिष्ट पार्टीका सम्पूर्ण सदस्यहरु, सम्पूर्ण सैनिकहरु तथा सम्पूर्ण जातिका जनतालाई घनिष्ठ रूपमा एकिकृत भएर जन गणतन्त्र मुलुकको विकासलाई सुदृढ पार्ने, "दुई वटा सय वर्ष"को लक्ष्य तथा चिनियाँ राष्ट्रको पुन :उत्थान भन्ने चिनियाँ सपनालाई पूरा गर्न अथक प्रयास गर्न आह्वान गर्नुभएको छ।

सो समारोहमा भव्य सैनिक परेडको आयोजना गरिएको छ। राष्ट्रिय शक्ति देखाउने एक किसिमको प्रदर्शनको रुपमा रहेको नयाँ चीनको राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजना गरिने सैनिक परेड चिनियाँ जन सेनाको समग्र शक्तिमाथिको जाँच हो। परेड समारोहमा संलग्न सेनाहरु छाङ आन सडकमा पंक्तिबद्ध भएर राष्ट्राध्यक्ष सी चिन फिङलाई सलाम गरेका छन्।

राष्ट्राध्यक्ष सी चिन फिङले चीनद्वारा निर्मित लाल झण्डा मार्काको गाडीमा बसेर छाङ आन सडकमा चिनियाँ सेनाबाट गठित वर्गाकारमा रहेका दलहरूको अवलोकन गर्नुभयो।

सैनिक परेड समारोहमा १५००० सैनिकहरुले भाग लिएका थिए भने १६० वटा भन्दा बढी विभिन्न किसिमका विमानहरु र ५८० वटा भन्दा बढी सैनिक उपकरणहरुको प्रदर्शनमा राखिएको थियो।

जानकारी तथा लेखहरु