फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका विभिन्न पक्षबाट सीको भ्रमणप्रति अपेक्षा

(GMT+08:00) 2019-10-12 10:50:43

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुहुँदैछ। नेपालका विभिन्न पक्षले राष्ट्राध्यक्ष सीको भ्रमणलाई अपेक्षा लिनुका साथै भ्रमण ऐतिहासिक र फलदायी हुने विचार व्यक्त गरेका छन्।

नेपालका विदेशमन्त्री प्रदीप ज्ञवालीले राष्ट्राध्यक्ष सीको भ्रमणले चीन र नेपालबीचको दीगो विकासको साझेदारी सम्बन्धमा नयाँ पृष्ठ खोल्ने बताउँदै यो पनि नेपालले उहाँको भ्रमणबारे अपेक्षा गरेको विषय भएको बताउनुभयो।

सँस्कृति, पर्यटन र नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले राष्ट्राध्यक्ष सी चिन फिङले प्रस्तुत गर्नुभएको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वलाई फाइदा पुर्याएको र नेपालले पनि उक्त कार्यक्रममा संलग्न भएको बताउँदै यसले नेपाल-चीन सम्बन्धको लागि पनि कोषेढुंगाको अर्थ राख्ने उल्लेख गर्नुभयो।

नेपालको चीन अध्ययन केन्द्रका सचिव प्रकाशले राष्ट्राध्यक्ष सीको नेतृत्व शैली प्रभावकारी रहेको भन्दै यस भ्रमणबाट चीन र नेपालबीचको सम्बन्धलाई माथि उकासिने बताउनुभयो।

जानकारी तथा लेखहरु