फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट

(GMT+08:00) 2019-10-12 13:13:43

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एघार तारिख चेन्नाइमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले चीन र भारत हजारौँ वर्षको इतिहास बोकेको प्राचीन मुलुक हुन् र आपसी आदान-प्रदान आजसम्म भइरहेको भन्दै दुई पक्षले आगामी वर्ष चीन-भारत दौत्य सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवमार्फत् अझ फराकिलो तथा गहिरो मानवीय आदान-प्रदान गरी द्वीपक्षीय सम्बन्धलाई अरू बढाएर एशियाली सभ्यतामा नयाँ श्रेष्ठता प्रदान गर्नुपर्ने दोहोर्याउनुभयो।

त्यस्तै प्रधानमन्त्री मोदीले हजारौँ वर्षको विकासपछि भारत र चीन महत्वपूर्ण नवोदित आर्थिक समुदाय बनिसकेको बताउँदै आदान-प्रदान तथा सहयोग बढाएबाट दुई देशको विकासमा महत्वूर्ण अर्थ रहनुका साथै विश्वको प्रगति तथा समृद्धिको लागि पनि मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो। भारत र चीनका प्राचीन तथा गहिरो सभ्यताले बोकेको बौद्धिकताले वर्तमान विश्वसमक्ष देखिएका विभिन्न चुनौतीको समाधान गर्न सहयोग गर्नसक्ने पनि उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु