फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई सी चिन फिङद्वारा सम्बोधन

(GMT+08:00) 2019-11-05 18:58:24

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ तारिखदेखि शाङहाईमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले कुनै पनि मुलुकले आफ्नो क्षमता अनुसार विश्वको आर्थिक विकासमा देखा परेको कठिनाइको समाधान गर्नुपर्ने बताउनुभएको छ। राष्ट्राध्यक्ष सीले भन्नुभयो, विभिन्न मुलुकले मानव जातिलाई मुख्य स्थानमा राख्ने विचारधारा बोक्नुपर्छ, आफ्नो निजी हितलाई मानव जातिको हितमाथि राख्नुहुँदैन ।

उहाँले भन्नुभएअनुसार, आर्थिक विश्वव्यापीकरण इतिहासको प्रवाह हो। विभिन्न पक्षले आफ्नो मनलाई खुला पार्दै अझ खुलस्त कदम चालेर संयुक्त रुपमा विश्वव्यापी बजारको केकलाई अझ ठूलो बनाउनुपर्ने, विश्वव्यापी रूपमा संयुक्त उपभोग प्रणालीलाई व्यवहारमा अझ बढी उतार्नुपर्ने, विश्वव्यापी सहयोग गर्ने तरिकालाई अझ जीवित पार्नुपर्ने, संयुक्त रुपमा आर्थिक विश्वव्यापीको जीवित शक्तिलाई अझ बढाउनुपर्ने र बाध्यकारी शक्तिलाई घटाउनुपर्नेछ। उहाँले चीनले स्वदेशी उपभोगबाट आर्थिक विकासको आधारभूत भूमिकालाई सबल पार्नका लागि अझ सक्रिय स्वदेशी बजारको निर्माण गर्ने बताउनुभयो। चीनले आयातको भूमिकालाई अझ महत्व दिने र कर तथा प्रणालीको लागतलाई अझ कम पार्ने साथै चीनले आयात तथा निर्यात, वस्तु तथा सेवाको व्यापार, द्विपक्षीय व्यापार तथा आदानप्रदान लगानी, व्यापार तथा उद्योग बीचको मेलमिलाप विकासलाई बढाएर अन्तर्राष्ट्रिय तथा स्वदेशी कारक-तत्वलाई स्थायी एवं स्वतन्त्र रुपमा बढाउने पनि उहाँले व्यक्त गर्नुभयो।

राष्ट्राध्यक्ष सीले विदेशका लागि चीनको खुलापन सर्वतोमुखी तथा चौतर्फी रहेको भन्दै चीनमा चौतर्फी खुलापनको नयाँ प्रारुप गतिशीलतका साथ अघि बढिरहेको विचार व्यक्त गर्नुभएको छ। चीनले स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको विकासलाई निरन्तर रुपमा प्रोत्साहन गर्नुका साथै हाइनानको स्वतन्त्र व्यापार बन्दरगाहको गतिशीलताका साथ निर्माण गर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो। चीनले पैचिङ, थ्येनचिन र ह पैको समन्वयात्मक विकास, याङ सी नदी वारिपारीको आर्थिक क्षेत्रको विकास, याङ सी नदी त्रिकोण क्षेत्रको एकीकृत विकास, क्वाङ तुङ, हङकङ तथा मकाउको विशाल खाडी क्षेत्रको निर्माणलाई अघि बढाउने जानकारी पनि उहाँले दिनुभयो।

चीनले "बेल्ट एण्ड रोड"को निर्माणलाई निरन्तर रुपमा अघि बढाउने धारणा उहाँले व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सीका अनुसार, चीनले संयुक्त परामर्श, संयुक्त निर्माण तथा संयुक्त उपभोगको सिद्धान्तमा अडिग भएर खुला, हरित, स्वच्छ र कर्तव्यनिष्ठ अवधारणालाई कायम राखी "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणको गुणस्तरीय विकासलाई अघि बढाउनेछ। बेल्ट एण्ड रोडको संयुक्त निर्माणको सम्बन्धमा हालसम्म चीनले १३७ मुलुक तथा ३० अन्तर्राष्ट्रिय संगठनसँग सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरिसकेको छ। राष्ट्राध्यक्ष सीले वैदेशिक खुलापनलाई निरन्तरता दिने पाँचवटा कदम सार्वजनिक गर्नुभएको छ। ती पाँचवटा कमदहरूमा बजारलाई अझ खुला पार्ने, खुलस्त बनौटलाई अझ पूर्णता दिलाउने, कारोबार तथा व्यापारको वातावरणलाई अझै श्रेष्ठ पार्ने, द्विपक्षीय तथा बहुपक्षीय सहयोगलाई अझै गहिरो पार्ने र "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणलाई अझ बढाउने विषय समावेश छन्।

उहाँले चीनको आर्थिक विकासको भविष्य अवश्य पनि उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले चीनले संयुक्त विकास साकार तुल्याउनका लागि अझ खुला भएर विभिन्न मुलुकका लागि अझ बजारमूलक मौका, लगानी मौका तथा आर्थिक वृद्धि मौका प्रदान गर्ने पनि वयक्त गर्नुभयो।

जानकारी तथा लेखहरु