फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको हनान प्रान्त र नेपाल बीच ' सिमापार इ-कर्मस समझदारीपत्रमा' हस्ताक्षर

(GMT+08:00) 2019-11-06 18:14:37

चीन-नेपाल बीच ' सिमापार इ-कर्मससम्बन्धी समझदारीपत्रमा' हस्ताक्षर समारोह नोभेम्बर ६ तारिख दिउँसो शांहाइमा सम्पन्न भएको छ।

चीनको हनान प्रान्त सिमापार इ-कर्मसका लागि परस्पर तथा खरिद सम्बन्धी हस्ताक्षर सम्मेलनमा नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सम्बोधन गर्दै नेपालको व्यापार वातावरण सुधार गर्न इ-कर्मसको आवश्यकतालाई औंल्याउनुभएको छ। उहाँले नेपालको पर्यटन प्रवर्द्धन र लगानी गर्न चिनियाँलाई आह्वान पनि गर्नुभएको छ।

चीन-नेपाल बीच ' सिमापार इ-कर्मससम्बन्धी समझदारीपत्र' नै सो सम्मेलनमा हस्ताक्षरित भएको ६५ वटा सम्झौतामध्येको एक हो। इ-कर्मस परस्पर तथा खरिद गर्ने चिनियाँ र विदेशी व्यापारीहरू, ह नान प्रान्तीय पदाधिकारीहरू, संचारमाध्यमहरू लगायत लगभग तीनसय जनाले सो सम्मेलनमा भाग लिएका छन् ।

जानकारी तथा लेखहरु