|
|
|
|||||||||
|
||


दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको दोस्रो दिन नोभेम्बर ६ तारिख चीनको युननान प्रान्तीय कार्यक्रममा नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सम्बोधन गर्दै नेपालको पर्यटन श्रोत तथा जल परियोजना, आधारभूत प्रबन्धको निर्माण लगायत प्राथमिकता दिने लगानीका आकर्षक क्षेत्रहरूको व्याख्या गर्नुभएको छ। साथै उहाँले नेपालको गुलियो सुन्तला चिनियाँ ग्राहकसँग बाँड्ने उत्साह पनि प्रकट गर्नुभएको छ।

सो कार्यक्रममा श्रीलंका, म्यामारका पदाधिकारीहरूले युनान प्रान्तको सेवा, अद्वितीय श्रोतको प्रशंसा गर्दै युनानसँगको सहयोगलाई घनिष्ट पार्ने इच्छा व्यक्त गर्नुभएको छ।


युनान प्रान्तीय लगानी प्रवर्द्धन बोर्डका पदाधिकारीले स्थानीय विशेषतायुक्त फलफूल, औषधि तथा उद्योगबारे पनि जानकारी दिनुभएको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||