फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपाल बीच थप ३ वटा समझदारीपत्रमा हस्ताक्षर

(GMT+08:00) 2019-11-07 18:29:14

 

नोभेम्बर ७ तारिख दिउँसो शांहाइमा चलिरहेको दोस्रो चीन आयात एक्स्पोमा चीन-नेपाल बीच सिमापार इ-कर्मस लगायत थप ३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

चीनको नानचिङ सिमापार इ-कर्मसका लागि परस्पर तथा खरिद सम्बन्धी हस्ताक्षर सम्मेलनमा नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र(टीइपीसी), नेपाल हस्तकला महासंघ र फेयर ट्रेड ग्रुप नेपालले नानचिङ सिमापार इ-कर्मस संघसँग छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

सो कार्यक्रममा विश्वव्यापी निर्यात उत्पादन परस्पर तथा खरिद संघको पनि स्थापना भएको छ। नेपाल, पाकिस्तान, अंगेरा, इटली अस्ट्रेलिया लगायतका मुलुकका पदाधिकारीहरू तथा विश्वका ८० मार्काका प्रतिनिधिहरू एवं विभिन्न संचारमध्यमहरूले सो कार्यक्रममा भाग लिएका छन्।

सीआरआईसँगको अन्तर्वार्तामा नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र(टीइपीसी)का कार्यकारी निर्देशक शरदबिक्रम राणाले नेपालको व्यापार वातावरण सुधार गर्न इ-कर्मसको आवश्यकता बारे पुष्टि गर्नुभएको छ।

यसै गरी आज बिहान चीनका लागि नेपाली दूताबासका इकोनोमिक मिनिस्टर छविन्द्र पराजुली र नेपाल लगानी बोर्डका पदाधिकारीहरूले सिमापार आर्थिक क्षेत्र स्थापना, सचिवस्तरीय संयुक्त कार्य दलको पहिलो बैठकको आयोजना, पारवहन ढुवावी सम्झौताको प्रोटोकल कार्यान्वयन र नेपालमा लगानी वातावरण सुधार भएकाले चिनियाँ लगानीकर्तालाई आकर्षित गराउने सम्बन्धमा चिनियाँ पदाधिकारीसँग छलफल गरेका छन्।

जानकारी तथा लेखहरु