फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँका लामा लामा औंला

(GMT+08:00) 2020-01-22 15:34:35

चपस्टिक दाहिने हातले प्रयोग गर्नुपर्छ तर देब्रे हातले प्रयोग गर्नु शालीन मानिँदैन। चपस्टिकले भाँडाकुँडा बजाउनु अपशकुन र दरिद्रताको संकेत हो । किनकि विगतमा चिनियाँ भिखारीले कचौरामा चपस्टिकले ठोकेर अरूको ध्यानाकर्षण गर्थे।

भातमा चपस्टिक ठाडो पारेर गाड्नु हुँदैन। आफ्नो हातले आफूभन्दा ठूला वा सानाका भागमा खानेकुरा हालिदिनु राम्रो मानिन्छ। तर चपस्टिकमा लागेको खानेकुरा चाट्नु वा मुखभित्र खेलाउनु अशोभनीय हो। साथीभाइमाझ खाइरहेका बेला अचानक चपस्टिक खस्यो भने तुरुन्तै उठाउनुपर्छ र माफी माग्नुपर्छ।

चपस्टिक सम्बन्धी नालीबेली तलको लिंकमा विस्तृतमा पढ्नुहोस्-

https://nepalmag.com.np/news/2020-01-13/20200113174929.html

जानकारी तथा लेखहरु