
कोरोना भाइरस महामारी फैलिएयता ३० वर्षीय चौ फङ सधैं नै आफ्नो काममा तल्लीन छन्। चीन रेलवेको छङ तु समूह लिमिडेट कम्पनीअन्तर्गत छोङ छिङ रेल शाखाका एक उच्च गति रेल कर्मचारीको हैसियतले चौले CR-200J पावर केन्द्रित रेल समूहको जाँच तथा मर्मतको जिम्मेवारी लिएका छन्। उनले रेल मर्मत कार्यशालामा ग्रिड,उपकरण,चालक नियन्त्रण कोठाको जाँच तथा परीक्षण गर्ने गर्छन्। एक उच्च गति रेलको जाँच तथा मर्मतका लागि तीन घण्टा चाहिन्छ। चौ र उनका सहकर्मीहरुले हरेक रात तीनवटा उच्च गति रेलको जाँच तथा मर्मत कार्य गर्छन्।
<< 1 2 3 4 5 >>