फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी विरूद्धको लडाइँसँगै चीनमा पुनः उत्पादन सुरू

(GMT+08:00) 2020-02-23 16:32:21

कोरोना भाइरस महामारीबाट चीनको सामाजिक जीवन र आर्थिक सञ्चालनमा गम्भीर रुपमा नकारात्मक प्रभाव पारिएको छ। यसले विभिन्न देशहरुले विश्वको आर्थिक वृद्धिमा चिन्ता गर्न थालेका छन्। सारा विश्वले चीनको पुनः आर्थिक शुरुवातीको प्रगति हेरिरहेको छ।

फेब्रुअरी २१ तारिखका दिन सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक ब्यूरोको बैठकको अध्यक्षता गर्नुभएको थियो। बैठकमा उहाँले अन्तर्राष्ट्रिय सहयोग र खुलापन गहन पार्ने, आर्थिक र व्यापार साझेदारहरुसँग सञ्चार र समन्वयको गहिराइ बढाउने बताउनुभयो। उहाँले विश्वव्यापी आपूर्ति श्रृंखलामा प्रमुख कम्पनीहरू र प्रमुख लिंकहरूको पुनर्स्थापनाका लागि प्राथमिक प्रत्याभूति दिइनुपर्ने बताउनुभयो। उहाँले वैश्विक आपूर्ति श्रृंखला स्थिर राख्दै जानुपर्नेमा जोड दिनुभयो।

महामारीको पूर्ण नियन्त्रण नभएको अवस्थामा काम र उत्पादनको पुन: स्थापनाका लागि धेरै कठिनाइहरूको सामना गर्नुपर्छ। व्यवसायहरूको लागतको तनाव सुधार गर्नका लागि चिनियाँ केन्द्र र स्थानीय सरकारले क्रमिक रूपमा कर कटौतीको नीति ल्याएको छ। सम्बन्धित नीतिहरूमा चीनका विभिन्न ठाउँका व्यवसायहरुले क्रमवद्ध रूपमा काम पुनःसुचारू गरेका छन्।

सरकारी स्वामित्वका व्यवसायहरूले काम र उत्पादन पुनः सुचारु गर्न अग्रसरता देखाएका छन्। फेब्रुअरी २० तारिखसम्म लगभग ४८ हजार सरकारी स्वामित्वयुक्त व्यवसायहरूमध्ये ८६.४ प्रतिशत व्यवसायहरुले पुनः काम थालेका थिए।

जानकारी तथा लेखहरु