चीनका समुद्रहरु र टापूहरु
           चीनको मुख्य भूमिको समुद्र-तट रेखा उत्तरी चीनको ल्याउ नींग प्रान्तको या लु च्यांग नदीदेखि दक्षिणी चीनको पै ल्यु नदीसम्म फैलिएको छ। त्यसको लम्बाई 18 हजार किलोमिटर छ। चीनका नजिकका समुद्रहरुलाई पाँचवटा ठूलो क्षेत्रमा विभाजित गरिएको छ अर्थात पोहाई समुद्र, व्हांग हाई समुद्र, तुंहाई सागर, नान हाई सागर तथा थाइवानदेखि पूर्वपट्टि प्रशान्त महासागर क्षेत्र। तीमध्ये पोहाई समुद्र चीनको भित्री सागर हो। थाईवानको पूर्वमा पर्ने प्रशान्त महासागरीय क्षेत्र उत्तरमा जापानको लीऔक्यो द्वीपदेखि दक्षिणमा चाहीं पाश् जल-डमरुसम्म पर्दछ।

           चीनको समुद्री क्षेत्रमा 5 हजार भन्दा बढी टापूहरु रहेका छन्। ती टापूहरुको कूल क्षेत्रफल झण्डै 80 हजार वर्गकिलोमिटर छ। ती टापूहरुको समुद्र-तट-रेखाकव लम्बाइ 14 हजार किलोमिटर छ। तीमध्ये सबैभन्दा ठूलो टापू थाइवान टापू हो। त्यसको क्षेत्रफल 36 हजार वर्गकिलोमिटर छ। त्यसपछि हाईनान टापूको क्षेत्रफल 34 हजार वर्गकिलोमिटर छ। थाइवान टापूको उत्तर-पूर्वीमा अवस्थित त्यायु र चिवै टापू चीनको सबैभन्दा पूर्वतिर रहेका टापू हुन्। नान हाई सागरमा छरिएर रहेका टापूहरु, समुद्रकै सतहमा रहेका चट्टानहरु, तटहरुलाई नानहाई समुद्रका टापूहरु भनिन्छ। यी टापूहरु चीनको सबैभन्दा दक्षिणतिर रहेका टापूहरु हुन्। ती टापूहरुको अवस्थिति अनुसार तिनीहरुलाई तुंग शा टापूहरु, सि शा टापूहरु, मध्ये टापूहरु र दक्षिण टापूहरु नाम दिइएको छ।