पर्वतमाला
           बढी अग्ला र शानदार पर्वतमालाहरुले विभिन्न दिशातिर तेर्सिएर चीनको भूगोलको मेरुदण्ड बनाएका छन् । र तीनका धेरै शाखा पहाडहरु पनि विभिन्न दिशातिर तेर्सिइका छन् । चीनका प्रख्यात ठूला पर्वतमालाहरुमा हिमालय, खुंग लुंग, थिओन् शान्, थांग कु ला शान्, छिंग लिन्, ता सिन् आन् लिन्,थाइ हाँग शान्, छि ल्येन् शान् र हन् त्वान् शान आदि छन् ।

          हिमालय पर्वतमाला वृत्तांशको आकारमा चीन, भारत र नेपाल बीचको सिमानामा फैलिएको छ । त्यसको लम्बाई 2,400 किलोमिटरभन्दा बढी छ । समुद्र सतहदेखि त्यसको औसत उचाई 6 हजार मिटर छ । त्यो विश्वमा सबैभन्दा अग्लो र ठूलो पर्वतमाला हो । त्यसको मुख्य चुचुरो सगरमाथा, तिब्बती भाषामा झो मो लाङमाको उचाई समुद्र सतहदेखि 8848.13 मिटर छ । त्यो विश्वको सर्वोच्च शिखर हो ।

          खुंग लुंग पर्वतमाला, पश्चिममा फामिल टारभूमिदेखि पूर्वमा चीनको स् व्छान् प्रान्तको उत्तर पश्चिमी भागतिर फैलिएको छ । त्यसको लम्बाइ 2,500 किलोमिटरभन्दा बढी छ । त्यसको औसत उचाइ समुद्र सतहदेखि 5,000-7,000 मिटर छ र त्यसको सर्वोच्च शिखर कोंगर पहाडको उचाइ समुद्र सतहदेखि 7,719 मिटर छ ।

          थिआन् शान् पर्वतमाला चीनको उत्तर-पश्चिमी भागमा पर्ने सिंग च्यांग युगुर स्वायत्त प्रदेशको मध्य भागमा तेर्सिएर रहेको छ । त्यसको औसत उचाइ समुद्र तहदेखि 3,000-5,000 मिटर छ । त्यसको सर्वोच्च शिखर थो मु चुचुरोको उचाइ समुद्र सतहदेखि 7,455.3 मिटर छ ।

          थांग कु ला शान् पर्वतमाला छिंग हाई-तिब्बत टारभूमिको मध्य भागमा पर्दछ । त्यसको ‌औसत उचाइ समुद्र तहदेखि 6,000 मिटर छ । जसको शिखर क ला तान् तोंग चुचुरोको ऊचाइ समुद्र सतहदेखि 6,621 मिटर छ । त्यो चीनको सबैभन्दा लामो यांगत्से नदीको मुहान पनि हो ।

          छिंग लिन् पर्वतमाला पश्चिम, कान् सु प्रान्तको पूर्वी भागदेखि पूर्वमा ह नान् प्रान्तको पश्चिमी भागतिर फैलिएको छ। यसको औसत ऊचाइ समुद्र सतहदेखि 2,000-3,000 मिटर छ । यसको मुख्य चुचुरो थाइ बाइ पहाडको ऊचाइ समुद्र तहदेखि 3,767 मिटर छ । त्यो दक्षिणी चीन र उत्तरी चीन बीचको महत्वपूर्ण भौगोलिक रेखा हो ।

          ता सिन् आन् लिन् पर्वतमाला उत्तर, चीनको उत्तर-पूर्वी भागको हे लुंग च्यांग प्रान्तको मा हदेखि दक्षिण लाओ हा नदीको माथिल्लो भागसम्म फैलिएको छ । यसको लम्बाइ 1,000 किलोमिटर छ । त्यसको औसत ऊचाइ समुद्र सतहदेखि 1,500 मिटर छ । यसको मुख्य चुचुरो व्हांग कान् ल्यांगको ऊचाइ समुद्र सतहदेखि 2,029 मिटर छ ।

          थाइ हाँग शान् पर्वतमाला उत्तरदेखि दक्षिणसम्म पहेंलो माटो टारभूमिको पूर्वी सीमामा फैलिएको छ जसको लम्बाई 400 किलोमिटरभन्दा बढी छ । यसको औसत ऊचाइ 1,500-2,000 मिटर छ जसको मुख्य चुचुरो सानो उ थाइ शान् पहाडको ऊचाइ समुद्र तहदेखि 2,882 मिटर छ ।

          छि ल्येन् शान् पर्वतमाला छिंग हाइ टारभूमिको उत्तर-पूर्वी सीमामा फैलिएको छ जसको औसत ऊचाइ समुद्र सतहदेखि 4,000 मिटर छ र यसको मुख्य चुचुरोको ऊचाइ समुद्र सतहभदेखि 5,547 मिटर छ ।

          हन् त्वान् शान पर्वतमाला छिंग हाइ-तिव्वत टारभूमिको दक्षिण पूर्वी भागमा र तिव्वत, स् व्छान् र युन् नान् प्रान्तको संगमस्थलमा पर्दछ जसको औसत ऊचाइ समुद्र सतहदेखि 2,000-6,000 मिटर छ । यसको शिखर कोंग गा पहाडको ऊचाइ समुद्र सतहदेखि 7,556 मिटर छ ।

          थाइ वान् पर्वतमाला थाइ वान् टापूको पूर्वी भागमा दक्षिणदेखि उत्तरसम्म फैलिएको छ । यसको औसत ऊचाइ समुद्र सतहदेखि 3,000-3,500 मिटर छ जसको मुख्य शिखर यु शान् पहाडको ऊचाइ समुद्र सतहदेखि 3,952 मिटर छ ।

          यसका अतिरिक्त चीनमा व्हांग शान् , थाइ शान् , व्हा शान् , शुन् शान् , हन् शान् , अ मै शान् , लु शान् , उ तान् शान् र येन् तान् शान् आदि प्रख्यात पहाडहरु छन् ।