चीनका नदीहरु

         चीनमा धेरै नदीहरु छन्। सम्पूर्ण वहाव क्षेत्रमा 1000 वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ओगटेका नदीहरुको संख्या चीनमा 1,500 भन्दा बढी छ। भौगोलिक स्थितिको कारण चीनमा जल श्रोतको शक्ति प्रशस्त मात्रामा रहेको छ। प्राप्त तथ्यांकअनुसार चीनका नदीहरुको जल श्रोतबाट 68 करोड किलोवाट विद्युत उत्पादन गर्ने निहित क्षमता छ। यो विश्वमा पहिलो स्थानमा पनि पर्दछ।

        यी नदीहरुलाई समुद्रमा मिसिने र समुद्रमा नमिसिने नदी गरी दुई भागमा विभाजन गरिन्छ। समुद्रमा मिसिने नदीहरुको क्षेत्रफल चीनको कूल क्षेत्रफलको 64 प्रतिशत छ। छांग च्यांग नदी, व्हांग ह नदी, है लौं च्यांग नदी, च च्यां नदी, ल्याउ ह नदी, हाई ह नदी, व्हा ह नदीहरु पूर्वतर्फ बगेर गई प्रशान्त महासागरमा मिसिएका छन्। तिब्बतको यालुचांबु नदी पूर्वतर्फ बगेर विदेशमा गएर भारतीय महासागरमा मिसिएको छ। यो नदीको लम्बाई 504.6 किलोमिटर भएको विश्वको सबैभन्दा ठूलो घाँटी अर्थात् यालुचांबु घाँटी बाट बग्दै गएको छ। सिंच्यांगको अरचिच नदी उत्तरतर्फ बगेर गै आर्कटिक महासागरमा मिसिएको छ। छांग च्यांग अर्थात यांग सि नदीको लम्बाइ 6,300 किलोमिटर छ। त्यो अफ्रिकाको नाइल नदी र दक्षिण अमेरिका महाद्वीपको एमजन नदी दुई वटा नदी भन्दा मात्र सानो छ अर्थात यो विश्वको तेश्रो ठूलो नदी हो।

          छांग च्यांग नदीको मुहान अग्लो पहाडमा छ। त्यसको जल-साधन श्रोत पर्याप्त छ। यसले चीनको दक्षिणी भेगमा पूर्वी र पश्चिमी क्षेत्र जोडेको छ, यातायातको दृष्टिबाट हेर्दा यो नदी मानिसको शरीरको धमनी जस्तै छ। त्यसैले यसलाई सुनौलो जल-मार्ग भनिन्छ। यसको किनारमा क चौ बा नामक बाँध आदि ठूलो सिंचाइको संगम बनेको छ। व्हांग ह नदी चीनको दोश्रो ठूलो नदी हो। त्यसको लम्बाई 5,464 किलोमिटर छ। व्हांग ह नदीको वहाव क्षेत्रमा पर्याप्त खनिज तथा धातु-श्रोतहरु छन्। चीनको इतिहासमा यो पूराना सँस्कृतिको महत्वपूर्ण मुहान मानिएको छ। है लौ च्यांग नदी चीनको उत्तरी भागमा अवस्थित एउटा ठूलो नदी हो। त्यसको कूल लम्बाई 4,350 किलोमिटर छ। त्यसमध्ये 3,101 किलोमिटर वहाव क्षेत्र चीनमा पर्दछ। चु च्यांग नदी चीनको दक्षिणी भागमा अवस्थित एउटा ठूलो नदी हो। त्यसको कूल लम्बाई 2,214 किलोमिटर छ। प्राकृतिक नदीका अतिरिक्त, चीनमा एउटा प्रख्यात कृत्रिम नदी अर्थात विशाल नहर छ। यो नहर उत्तरी चीनमा पर्ने पैचिंगबाट पूर्वी चीनको च च्यांग प्रान्तको हांग चौ शहरसम्म बगेर गएको छ। त्यसको कूल लम्बाई 1,801 किलोमिटर छ। यो विश्वको सबैभन्दा पूरानो र सबैभन्दा लामो कृत्रिम नदी हो।

         चीनमा अधिकांश तालहरु याङसी नदी बगेर जाने मध्य तथा तल्लो तराई क्षेत्र र छिङ्गहाई-तिब्बत पठारभूमिमा पर्दछन्। चीनमा सबैभन्दा ठूलो ताजा पानी भएको ताल च्याङ्ग सि प्रान्तमा पर्ने पो याङ्ग ताल हो। उसको क्षेत्रफल 3 हजार 5 सय 83 वर्ग किलोमिटर रहेको छ। यो छिङ्ग हाई प्रान्तमा पर्ने सबैभन्दा ठूलो नुनिलो ताल हो भने यस छिङ्ग हाई तालको क्षेत्रफल 4 हजार 5 सय 83 वर्ग किलोमिटर रहेको छ।