परिवार नियोजन

   चीनमा हाल लागू भइरहेको परिवार नियोजनका मुख्य विषयहरुमा खास गरी ढिलो विवाह गर्ने, ढिलो बच्चा जन्माउने, कम बच्चा जन्माउने र उच्च गुणस्तरका बच्चा जन्माउने, एक जोडी दम्पतिले एउटा मात्र बच्चा जन्माउने; ग्रामीण क्षेत्रमा साँच्चिकै अप्ठ्यारो अवस्थामा भएका दम्पतिले केही वर्षको अन्तरालपछि अर्को एउटा बच्चा जन्माउन पाउने, अल्पसंख्यक जातीय क्षेत्रको हकमा विभिन्न जातिको इच्छा तथा सो जातिको जनसंख्या, श्रोत-साधन、अर्थतन्त्र、सँस्कृति、तथा रितिरिवाज जस्ता फरक-फरक वास्तविकताका आधारमा निर्धारण गरिएअनुसार सामान्यतया एक दम्पतिले दुईवटा बच्चा जन्माउन पाउने、कतै-कतै तीनवटा बच्चा पनि जन्माउन पाउने व्यवस्था गरिएको छ भने जनसंख्या एकदमै कम भएको कुनै अल्पसंख्यक जातिका लागि भने कति बच्चा जन्माउने भन्ने कुराको सीमा निर्धारण नै गरिएको छैन।

         राष्ट्रिय तथ्याङ्क व्यूरोद्बारा प्रकाशित प्रतिवेदनका अनुसार, परिवार नियोजनको नीति लागू भएदेखि यता सन् 2010 सम्म विश्व जनसंख्यामा चिनियाँ जनसंख्यको अनुपात घटेर 19 प्रतिशतमा झरेको छ।