![]() |
चीनको क्षेत्रफल निकै विशाल छ। यहाँ विविध जातिहरुको बसोबास रहेको छ। प्राचीन कालका चिनियाँहरुले भिन्नै प्राकृतिक र भौगोलिक अवस्थाअनुसार बनौटका विविध तरिका र आफ्नै विशिष्टखालको कला शैलीको निर्माण वस्तुको सिर्जना गरेका थिए। उत्तरी चीनको व्हाङ्ग ह नदी क्षेत्रमा प्रचीन कालका चिनियाँहरुले काठ र माटोले घर बनाउने गर्दथे। जसबाट जाडो, हावा र हिउँको प्रतिरोध गरेका थिए। अनि दक्षिणी चीनमा निर्माण सामग्रीमा बाँस र नरकट समावेश भएको थियो। कुनै ठाउँका मानिसहरुले घर बनाउँदा कोठाभित्र हावाको उचित वहाव सम्बन्धी कुरामा पनि धेरै ध्यान दिनथालेका थिए।
प्राचीन कालमा चीनको पूरानो निर्माण बस्तुको विकासमा तीनवटा लहर देखा परेका छन। यी लहरहरुलाई चिन-हान वंशकाल, श्वै-थाङ्ग वंशकाल र मिङ्ग-छिङ्ग वंशकालमा विभाजित गर्नसकिन्छ। यी तीन कालमा ती कालका प्रतिनिधिका रुपमा धेरै भवनहरुको निर्माण गरिएको थियो। यसमा दरबार, समाधी, नगर, सैनिक मोर्चा र सिंचाइ परियोजना आदि समावेश थिए। यी निर्माण वस्तुको शैली र सामग्रीको छनौटको असर पछिका चिनियाँहरुमा पर्दैआएको छ।
तर धेरै लामो समय र युद्धका कारणले केही पूराना उत्कृष्ट निर्माण वस्तुहरुमा केही विलिन भए त केही ध्वस्त भए। हाल देख्नपाएका प्राचीन कालका निर्माण वस्तु धेरैजसो थाङ्ग वंशका हुन्।
|