![]() |
थाङ राज्यकालमा चीनको निर्माण वस्तुको संरचनाको शैली परिपक्व भैसकेको थियो। त्यस बेलाको राजधानी चाङ आन अर्थात अहिलेको शि आन् शहर तथा राजधानीका रुपमा ठानिएको पूर्वतिरको लो याङ शहरमा बडेमाका दरवार, अधिकृतहरुका लागि निवासस्थानहरुको निर्माण भएको थियो। निर्माणको संरचना पनि निकै सुव्यवस्थित र उचित देखिन्थ्यो। त्यती बेला चाङ आन् शहर विश्वको सबैभन्दा ठूलो शहर थियो। त्यस शहरभित्रको राजदरवार अर्थात ता मिङ कु दरवार अतिशय शानदार देखिन्थ्यो। त्यसको भग्नावशेषको परिधि पनि छिङ र मिङ राज्यकालको कु कुंग दरवारको कुल क्षेत्रफलको तीन गुना बराबर छ।
थाङ राज्यकालमा काष्ठ भवनको निर्माण गर्दा कला र संरचना बीचको समन्ययात्मक शैलीको प्रयोग गरिएको थियो। खम्बा, टुँडाल, निदान लगायत निर्माण संरचनामा शक्ति र सुन्दरताको राम्रो समन्वय त्यति बेलाको निर्माण-वस्तुको विशेषता थियो। वल्लो शान्सी प्रान्तको उ थाइ पहाडमा रहेको फ क्वांग स अर्थात [बुद्ध प्रकाश महाविहार ] को भवन थाङ राज्यकालको निर्माण वस्तुको एक आदर्श नमूना हो।
यसका अतिरिक्त थाङ राज्यकालमा ईंटाव्दारा निर्मित भवनको पनि निकै विकास भएको थियो। बौद्ध स्तूपको निर्माणमा धेरैजसो ईंटको प्रयोग गरिएको थियो। सि आनमा रहेको ता यान था भन्ने बौद्ध स्तूप, स्याउ यान् था भन्ने बौद्ध स्तूप तथा ता लि छिआन् स्युन था भन्ने बौद्ध स्तूप लगायतका अहिलेसम्म यथास्थितिमा रहेका थाङ राज्यकालका बौद्ध स्तूपहरु सबै ईंट र ढुंगाबाट बनाइएका छन।
सि आनमा रहेको ता यान था
|