छिङ्ग वंशको निर्माण कार्य

       इस्वी सम्बत 1616 देखि 1911सम्म चीनमा छिङ्ग वंशको शासन थियो। छिङ्ग वंशकालका अधिकांश निर्माण कार्यमा धेरैजसो मिङ्ग वंशको प्रभाव परेको देखिन्छ तर यति बेलाका निर्माण वस्तुहरु एकदमै परिष्कृत र शोभायमान देखिन्छन्।

       छिङ्ग वंशको राजधानी पैचिङ्ग शहरमा आधारभूत रुपमा मिङ्ग वंशको पूरानो परम्परागत शैली कायम राखिएको पाइन्छ। शहरभित्र जम्मा बीसवटा अग्ला र विशाल नगर-द्बारा छन्। यसमध्ये चङ्ग याङ्ग मन ढोका सबैभन्दा अग्लो र विशाल नगर-द्बारा हो। छिङ्ग वंका राजाहरु मिङ्ग वंशका राजदरवारमा बसेका कारण यिनिहरुको ध्यान शाही-पार्कको निर्माण कार्यमा बढी गएको पाइन्छ। यसमा निकै राम्रो र शोभायमान ग्रीष्म प्रासाद र "युआन मिङ्ग युआन" नामक भग्नावशेष समावेश छन्। छिङ्ग वंश कालमा चीनको निर्माण वस्तुमा अलिक परिवर्तन आएको देखिन्छ। यति बेला विदेशबाट शिशा मगाएर निर्माण वस्तुका रुपमा प्रयोग गर्न शुरु गरिएको पाइन्छ। यसबाहेक आफ्नो खुशीअनुसार आवासका थरी-थरीका ढाँचा पनि देखापरेको पाइन्छ।

       विशेष शैली भएको तिब्बती धार्मिक निर्माण बस्तु यस कालमा निकै प्रचलित थियो। यी गुम्वाहरुका ढाँचा किसिम-किसिमका थिए। यस बेलाको शैलीले चीनको प्राचीन कालको गुम्बाको परम्परागत एकरुपतालाई तोड्दै विविध निर्माण ढाँचाको सिर्जना गरेको थियो। यी निर्माण वस्तुमा पैचिङ्गस्थित योङ्ग ह कोङ्ग गुम्बा र ह पै प्रान्तको छङ्ग द शहरस्थित तिब्बती शैलीको गुम्बाले त्यस बेलाको निर्माण वस्तुको प्रतिनिधित्व गरेको पाइन्छ।

      छिङ्ग वंशको अन्तिम कालमा चीनमा चिनियाँ र पश्चिमी शैली मिश्रित केही नयाँ निर्माण वस्तु देखा परेको पाइन्छ।

      

(युङ ह गुम्वा)