हान वंश

           ईशा पूर्व 206 देखि 8 सम्ममा चीनमा पश्चिमी हान वंशको शासन थियो। त्यस अघि हान गाउ सम्राट लिउ बाङ्गले हान वंशको स्थापना गरेका थिए। हान वंशको राजधानी शान सी प्रान्तको छाङ्ग आनमा थियो। ईशा पूर्व 159मा हान गाउ सम्राटको मृत्यु भएपछि हान व्है सम्राट बने। तर त्यस बेलाको अवस्था कस्तो थियो भने वास्तवमा हान ह्वै सम्राटको हातमा कुनै अधिकार नै थिएन। सत्ता हान गाउ सम्राटका महारानी ल्यु छको हातमा पर्‍यो। महारानी ल्युले पटक-पटक गरी सोह्र वर्षसम्म सत्ताधिकार हात पारेकिथिइन। उनी चीनको इतिहासमा वास्तविक अधिकार प्राप्त थोरै महिला शासकहरुमध्येकी एक थिएन। ईशा पूर्व 183 मा वन सम्राट सत्तामा आए। सम्राट हान र उनका छोरा हान जिन सम्राटले ईशा पूर्व 156 देखि 143 सम्म निरन्तर रुपमा जन-समूहका लागि सहुलियतयुक्त नीतिको तर्जुमा गरी आफ्नो सत्तालाई सबल पारेका थिए। यसको फलस्वरुप जनताको काँधको बोझ हल्का भएको थियो। त्यस बेलाको अर्थतन्त्र पनि धमाधम विकसित भइरहेको थियो।

          सम्राट बाबु र छेराको प्रयासले हान वंश क्रमशः बलियो हुँदैआएको थियो। ईशा पूर्व 141 मा, हान वु सम्राट बने। उनले जनरल वै छिम र जनरल हो छ्यू विङ्ग दुइजनालाई हुन् अल्पसंख्यक जातिमाथि विजय हासिल गर्न भनी त्यसतर्फ पठाए। यसको फलस्वरुप पश्चिमी हान वंशको प्रादेशिक भू-भाग ठूलो भयो। साथै हान वंशको उत्तरी क्षेत्रको आर्थिक तथा साँस्कृतिक विकासको प्रात्याभूति पनि गरियो। हान वु सम्राट बूढा भएपछि उनले आफ्नो ध्यान युद्धबाट कृषिमा मोडियो, जसबाट पश्चिमी हान राज्यको अर्थतन्त्र निरन्तर रुपमा विकसित हुँदैगयो। हान वु सम्राटपछि सम्राट बनेका हान चायले मुलुकको अर्थत्नत्रको अझ विकास गरे। त्यसैगरी त्यस बेला पश्चिमी हान वंशको अर्थतन्त्र विकासको चुचुरोमा पुगेको थियो।

           हान चाउ र हान श्येन दुइजना सम्राटको 38 वर्षसम्मको प्रयासपछि पश्चिमी हान वंश शक्तिशाली भएको थियो। यसका साथै पश्चिमी हान वंशको स्थानीय शक्ति पनि सबल हुँदैगयो। परिणामस्वरुफ देशको केन्द्रीय सत्तामा नराम्रो असर परेको थियो। सन 8 मा वाङ्ग मान नाम गरेका एकजनाले पश्चिमी हान वंशलाई पल्टाएर ' सिन ' नामक एउटा नयाँ राज्यको स्थापना गरे।

            पश्चिमी हान वंश चीनको इतिहासमा बलिया मुलुकहरुमध्येको एक पनि थियो। यसको नीति राम्रो भएका कारण जनताले सुखमय जीवन विताउँनपाएका थिए। यसैले त्यस बेलाको राजनीति पनि स्थिर अवस्थामा थियो। वु सम्राटले एकजना पदाधिकारी तोङ्ग चोङ्ग शुले प्रस्तुत गरेको कन्फ्युसियन बाहेकका अरु विचारधारामाथि प्रतिबन्ध लगाउनुपर्ने सुझाव स्वीकार गर्नुभएकाले त्यस बेलादेखि कन्फ्युसियन विद्यालय र कन्फ्यूसियनिज्म चीनका सबै वंशले सधैं मान्नुपर्ने सत्ताको सञ्चालन गर्ने रणनीति बनेको थियो।

            मुलुकको राजनीति र अर्थतन्त्र स्थिर भएका कारण त्यति बेला हस्तकला, व्यापार, कला र प्राकृतिक विज्ञानको क्षेत्रमा ठूलो विकास भएको थियो। यसका आधारमा धातु शोधन र बुनाइ प्रधानतामा रहेको पश्चिमी हानको हस्त-कलाको उत्पादन निकै बढेको थियो। परिणामस्वरुप व्यापार पनि निकै बढेको थियो। रेशम मार्गमार्फत पश्चिमी हान राज्यले पश्चिम एशियाका विभिन्न मुलुकहरुसँग कुटनितिक र व्यापारिक सम्बन्ध स्थापित गरेको थियो।

        सन 25 देखि 220सम्म चीनमा पूर्वी हान वंशको अवधि थियो। पूर्वी हान वंशका प्रथम सम्राट ग्वाङ्ग वु सम्राट लिउ श्यु थिए।

         सन 25मा लिउ श्युले ल्यु लिङ्ग सेनाको सहयोगमा वाङ्ग मन्लाई पराजित गरी फेरी त्यहाँको राज-सत्ता लिउ परिवारको हातमा पारेका थिए। पूर्वी हानको राजधानी लो याङ्गमा थियो। लिउ श्युले सत्तामा बसेको दोस्रो वर्षमा वाङ्ग मनले कार्यान्वित गरेका सबै पूराना नीतिमा सुधार गर्ने र प्रशासनिक व्यवस्थालाई व्यवस्थित पार्ने, जग्गाको हिसाबलाई स्पष्ट पार्ने आदेश दिए। यसो गरेर जनताको जीवन स्थिर भएको थियो। पहिलो शताद्बीको मध्यमा ग्वाङ्ग वु, मिङ्ग र चाङ्ग यो तीनजना सम्राटको शासनपछि पूर्वी हान वंश क्रमश: पहिलेको हान वंशजस्तै बलियो र समृद्ध भयो।

            पूर्वी हान वंशको अघिल्लो अवधिमा, त्यस बेलाको सत्ता लगातार रुपमा सबल पारिनुका साथै स्थानीय शक्ति समूह बीचको मेलमिलाप पनि राम्रो भएका कारण मुलुकमा स्थिरता देखापरेको थियो। अर्थतन्त्र, सँस्कृति र विज्ञान तथा प्रविधि जस्ता क्षेत्रमा पूर्वी हानको स्तर पश्चिमी हानको तुलनामा झन् प्रगतिशील र उच्च थियो। सन् 105 मा छाई लुन नामका एकजना मानिसले कागज बनाउने प्रविधिको विकास गरेका थिए। कागज देखा परेपछि चीनमा अक्षर काठ वा बाँसमा लेख्ने चलन औपचारिक रुपमा छोडिएको थियो। अनि कागज बनाउने ज्ञान प्राचीन कालमा चीनका चारवटा आविष्कारमध्येका एक बनेको छ। प्राकृतिक विज्ञानको क्षेत्रमा चिनियाँ नामी विज्ञानवेत्ता चाङ्ग हनको नेतृत्वमा रहेका पूर्वी हान वंशका चिनियाँ विज्ञानवेत्ताहरुले उच्च स्तरीय सफलता प्राप्त गरेका थिए। श्री चाङ्ग हङ्गले भूकम्पको सर्भेक्षण गर्ने आदि यन्त्रको सिर्जना गरेका थिए। त्यस वेलाका प्रसिद्ध चिकित्सक व्हा थुओ चीनको इतिहासमा रेकर्ड भएदेखि यता वेहोश तुल्याउने प्रविधिमार्फत रोगीलाई अपरेशन गर्ने प्रथम चिकित्सक थिए।