स्यु फू जापानका जानुको रहस्य

             छिंग वंशका प्रथम सम्राट चीनका बादशाह बन्नुभएपछि सधैं नै लामो आयुका बारेमा सोचिरहनुहुन्थ्यो। उहाँले पो हाइ समुद्रमा देव-पर्वत रहेको र सो पर्वतमा चिरायु हुनसक्ने देव-औषधी रहेको कुरा सुन्नुभयो। यसैले प्रथम सम्राटले ती देव-औषधी खोज्नका लागि केही व्यक्तिहरुलाई समुद्रतिर पठाउनुभयो। सबैभन्दा पहिले छिंग राज्यका प्रथम सम्राटका लागि समुद्रतिर देव-औषधी खोज्ने व्यक्ति येन क्षेत्रका मानिस लु शन् हुनुहुन्थ्यो। तर उहाँले देव-औषधी पाउनु भएन। हाल छिंग व्हांग ताओ शहरको तोंग शान् पार्कमा "छिंग राज्यका प्रथम सम्राट देव-‌औषधी खोज्नका लागि समुद्रतिर प्रस्थान गरेको ठाउँ" लेखिएको पूरातात्विक शिलालेख सुरक्षित छ। सन् 1992 मा यहाँ कालो ढुंगाबाट बनेको असी टनको छ मिटर अग्लो सम्राटको मूर्ति स्थापित गरिएको छ।

              लु शनले देव-औषधी फेला पार्न नसकेपछि प्रथम सम्राटले फेरि स्यु फूलाई समुद्रतिर पठाउनुभयो। स्यु फू पहिलो चोटि समुद्रमा गएर फर्कनुभएपछि भन्नुभयोः आफू फं‌ग लाई देव-पर्वतमा पुगेर देव-औषधी देख्नुभयो। तर देव-पर्वतका महादेवले मैले लगेको कोसेली निकै थोरै भएकाले मलाई उहाँले देव-औषधी लैजान दिनुभएन। महादेवका अनुसार देव-औषधी पाउनका लागि उत्तम गुण भएका केटा र केटी तथा कालीगडलाई त्यहाँ पठाउनु पर्छ। प्रथम सम्राटले स्यु फूले देव-औषधी भेटेको खबर सुनेपछि असाध्यै खुशि हुनुभयो र तुरुन्तै तीन हजार केटा-केटीहरु र केही दक्ष कालीगडहरुलाई छानेर स्यु फूसँगै देव-पर्वततिर पठाउनु भयो र देव-औषधी भेट्टाएर ल्याउन आदेश पनि दिनुभयो। स्यु फूले समुद्री क्षेत्रमा केही समयसम्म घुमेपछि देव-औषधी भेट्टाउनु भएन । फर्कनुभएपछि स्यु फूले प्रथम सम्राटलाई भन्नुभएअनुसार यस पल्ट देव-औषधी नभेट्टाउनुको कारण समुद्रमा राक्षस र बडेमाको माछाले विरोध गर्नु थियो। देव-पर्वत पुग्नका लागि अब कुशल शिकारी र उन्नत हतियारको आवश्यक पर्दछ। संयोगवश, त्यति बेला प्रथम सम्राटले समुद्री देवसँग आफू लडेको यौटा सपना देख्नुभयो। ज्योतिषका अनुसार, सपनामा देखेको समुद्री देव उक्त ड्रागन र बडेमाको माछाको प्रतीक थियो। यसैले प्रथम सम्राटले स्यु फूको भनाइमा विश्वास गर्नुभयो। प्रथम सम्राटले स्यु फूलाई शिकारी र हात-हतियार दिएर पठाउनु भयो। त्यसपछि प्रथम सम्राट स्वयम् आफै स्यू फूसँग समुद्रतिर प्रस्थान गर्नुभयो। उहाँहरुको जहाज च बु टापू नजिक पुग्दा उहाँहरुले यौटा बडेमाको माछो भेट्नुभयो र प्रथम सम्राटले त्यस माछालाई मार्नुभयो। यसैले उहाँहरुले देव-पर्वत पुग्नका लागि केही गतिरोध नहुने ठहर गर्नुभयो। तर देव-पर्वत, देव-औषधी अझै पनि भेट्टाइएको थिएन। तसर्थ स्यू फूले फेरि प्रथम सम्राटसँग भेट्ने आँट गर्नुभएन। उहाँ तीन हजार केटा-केटी र केही कालीगडहरु लिएर जापानतिर जानुभयो। जापानमा स्यू फू र उहाँसँग गएका केटा-केटीहरु प्रसन्न भएर बस्नुभयो। अन्तमा जापानको फू जि पहाडी क्षेत्रमा स्यू फूको देहावशान भयो ।

           जापानमा स्यू फू सम्बन्धी अनुश्रुति र विवरण धेरै छन। केही विद्बानहरुले त स्यू फू जापानको इतिहासका प्रख्यात व्यक्तित्व शनु वु सम्राट नै हुनुभएको ठहर व्यक्त गर्नुभएको छ। जापानी जनता पनि स्यु फूलाई आफ्ना पवित्र पूर्खाका रुपमा आदर र पूजा गर्नेगर्दछन् उहाँलाई कृषि र औषधीको व्यवस्थापन गर्ने देवताका रुपमा सम्मान गर्दछन। जापानमा अहिलेसम्म पनि स्यू फूको चिहान, स्यू फूको दरबार, स्यू फू ढुंगा र स्यू फूको अवतरण सम्बन्धी स्मरण-स्तम्भ जस्ता स्यू फू सम्बन्धी धेरै पूरातात्त्विक वस्तुहरु रहेका छन। सन् 1991 मा जापानी जनताले "स्यू फूको बाटो"नामक पार्कको निर्माण गरेका छन। हरेक वर्षको शरद ऋतुमा जापानी जनता स्यु फूको पूजा गर्नेगर्दछन। उहाँको सम्झनामा हरेक पचास वर्षमा यौटा भव्य समारोहको आयोजना गर्ने चलन पनि छ।